जीपीपीएडको नवौँ संस्करणको आयोजना गर्दै केयुका विद्यार्थी

काठमाडौँ, ८ भदौ । गुड फार्मेसी प्राक्टिस एजुकेशन (जीपीपीएड) को नवौ संस्करण नेपालमा हुने भएको छ ।

काठमाडौँ विश्वविद्यालय फार्मेसी विभागका विद्यार्थीहरुले आगामी सेप्टेम्बर महिनाको २० देखि २५ सम्म जीपीपीएड २०२४ को आयोजना गर्न लागेका हुन् ।

फार्मेसी अभ्यासमा विद्यार्थीहरुको सीप विकास गर्न सहयोग पुर्‍याउने उदेश्यले यो कार्यक्रम गर्न लागिएको बताइएको छ ।

त्यसो त जीपीपीएड कार्यक्रम इन्टरनेशनल फार्मास्युटिकल स्टुडेन्टस फेडरेसन एशिया प्यासेफिक रिजनल अफिस (आईपीएसएफ एपीआरओ)द्धारा आयोजना गरिने क्षेत्रीय विशेष कार्यक्रम हो ।

सोही कार्यक्रमलाई केयुका विद्यार्थीहरुले गठन गरेको संस्था फोरम फर फार्मेसीले आयोजना गर्न लागेको हो । कार्यक्रम तीन दिन सम्म चल्ने बताइएको छ ।

के हो आईपीएसएफ ?

आईपीएसएफ भनेको विश्वभरका फार्मेसी विद्यार्थीहरु र हालै दीक्षित भएका फार्मेसी विद्यार्थीहरुको छाता संगठन हो । जसमा ९० बढी देशका ५ लाख बढी सदस्य छन् । यो संगठनले खासगरी सार्वजनिक स्वास्थ्य, फार्मेसी शिक्षा र व्यवसायिक विकासमा आफ्नो कार्यक्रम केन्द्रीत गर्ने गर्दछ ।

केयुका फार्मेसी विद्यार्थी कल्याण रञ्जितका अनुसार यसपटकको जीपीपीएडको नारा कक्षा कोठाबाट अभ्याससम्म भन्ने रहेको छ । उनले यो कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक ज्ञान र व्यवहारिक सीपहरुलाई बास्तविक जीवनमा लागू गर्न प्रोत्साहित गर्ने बताए ।

कार्यक्रममा नेपालका साथै भारत, पाकिस्तान, थाइल्यान्ड, ताइवान, इण्डोनेसिया, मलेसिया लगायतका एशिया प्यासिफिक क्षेत्रका विद्यार्थीहरू सहभागी हुनेछन्।

कार्यक्रम तीन चरणमा हुने बताइएको छ । त्यसमा पूर्व इभेन्टका रूपमा बहस, सचेतनामूलक गतिविधिहरू र प्रतियोगितात्मक कार्यक्रमहरू समावेश हुने आयोजकले जनाएको छ ।

यसैभित्र गोष्ठी, कार्यशाला, अन्तर्राष्ट्रिय रात्री, सांस्कृतिक आदानप्रदान लगायतका विभिन्न कार्यक्रमहरू समावेश गरिने बताइएको छ ।

कार्यक्रम पश्चात शैक्षिक र मनोरन्जनात्मक गतिविधिहरू सञ्चालन गरिने समेत आयोजकले जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *