प्रथम ‘साउथ इष्ट एशिया रिजनल एनसीडीज् कन्फ्रेन्स-२०२४’ सम्पन्न
काठमाडौँ, ८ भदौ । प्रथम साउथ इष्ट एशिया रिजनल एनसीडीज् कन्फ्रेन्स -२०२४’ सम्पन्न भएको छ ।
नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ ईष्ट एशिया रिजनल एनसीडीज एलायन्स (एसईएआर एनसीडीज एलायन्स) को आयोजनामा गत बुधबार देखि सुरु भएको नसर्ने रोग सम्बन्धी पहिलो क्षेत्रीय सम्मेलन शुक्रबार सम्पन्न भएको हो ।
‘भर्च्युल’ माध्यममा भएको सम्मेलनका लागि विभिन्न १६ देशका ३५० बढीले रजिष्ट्रेशन गरेको आयोजकले जनाएको छ । सम्मेलनमा ९ वटा प्लेनरी सेसन र ६ वटा एडभोकेसी सेसन चलेको थियो भने त्यसका लागि ७० जना बढी रिसोर्स पर्सन तोकिएका थिए ।
शुक्रबार समापन मन्तव्य राख्ने क्रममा बंगालदेश एनडीसी फोरमका अध्यक्ष समेत रहेका साउथ ईष्ट रिजनल एनसीडी एलायन्सका अध्यक्ष डा शामिम हैदर तालुकदारले सम्मेलन प्रभावकारी रुपमा सफल भएको बताए । उनले सम्मेलनले यस क्षेत्रमा बढ्दो क्रममा रहेको नसर्ने रोग रोकथामका लागि आधारशिला तय गर्न मद्धत गर्ने बताए ।
उनले सम्मेलनबाट एनसीडीको एजेण्डालाई अन्तराष्ट्रिय रुपमा अझ सुध्रिढ गराउन सहयोग पुगेको, सन् २०२५ मा हुने संयुक्त राष्ट्रसंगको उच्चस्तरीय बैठकमा एनसीडीका लागि वित्तीय प्रतिवद्धतालाई थप सुध्रिढ गर्न दवाव दिने, नसर्ने रोगबिरुद्धको एजेण्डालाई अघि बढाउन अनुभव सेयरिङ तथा एनसीडीबाट प्रभावित खास व्यक्तिका लागि रणनैतिक रुपमा लगानी बढाउनका लागि सहयोग पुगेको बताए ।
कार्यक्रममा ग्लोबल एनसीडी एलायन्सकी अध्यक्ष डा मोनिका अरोराले क्षेत्रीय सम्मेलन अत्यन्त सफल भएको भन्दै आयोजकलाई बधाई दिईन् । उनले सम्मेलनले यस क्षेत्रमा देखिएको नसर्ने रोगको समस्या र गर्न सकिने कार्यका बारेमा मार्गदर्शन प्रस्तुत गरेको बताईन । उनले क्षेत्रीय टिमसंग ग्लोबल टिमले सहकार्य गरेर अघि बढ्ने समेत बताईन ।
कार्यक्रममा नेपालबाट नेपाल एनसीडी एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मी, सह अध्यक्ष शान्तलाल मुल्मी, उपाध्यक्ष डा अभिनव वैद्य, सचिव किशोरकुमार प्रधानांग, सदस्य शिव श्रेष्ठ, डा गम्भीर श्रेष्ठ, डा प्रज्वल प्याकुरेल, डा आलोक श्रेष्ठ लगायतले प्रस्तुति तथा मन्तव्य दिएका थिए ।
यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मेन्टल हेल्थशाखा प्रमुख डा पोमावती थापा, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमाल, हेल्थ कन्सर्नका डा सुवास प्याकुरेल लगायतले नसर्ने रोगका विभिन्न विषयमा आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
नसर्ने रोगको अवस्था कस्तो छ ?
विश्वमा प्रत्येक दुई सेकण्डमा ७० वर्ष मुनिको एक जना व्यक्तिको नसर्ने रोगकै कारण मृत्यु हुने गरेको छ । यस्तै नसर्ने रोगबाट हुने अकाल मृत्युमध्ये ८६ प्रतिशत न्युन मध्यम आय भएका देशहरुमा हुने गरेको छ । सामाजिक आर्थिक र बातवरणीय कारकहरुले गर्दा उच्च आय भएका देशहरुको तुलनामा न्युन तथा मध्यम आय भएका देशहरुमा जोखिम बढी हुने गरेको हो ।
नसर्ने रोग बिरुद्ध दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुको गठबन्धन साउथ इष्ट एशिया रिजनल एनसीडी एलायन्स ९एसईएआर एनसीडी एलायन्स०मा नेपाल एनसीडी एलायन्स, बंगलादेश नन् कम्युनिकेवल डिजिज फोरम, बंगलादेश नेटवर्क फर एनसीडी कन्ट्रोल एण्ड प्रिभेन्सन, हेल्दी इन्डिया एलायन्स, एनसीडीए इन्डोनेसिया र एनसीडी मलेसिया सदस्य रहेका छन् ।
यस्तै मालदिभ्स एनसीडी एलायन्स, म्यानमार एनसीडी एलायन्स, एनसीडीए लंका र थाइ एनसीडी एलायन्स पनि सदस्य रहेका छन् ।
सम्पर्क इमेल : [email protected]