तनहुँ बस दुर्घटनाका घाइतेको उपचार त्रिवि शिक्षण अस्पतालमा कसरी भइरहेको छ ? कस्तो छ अवस्था ?
काठमाडौँ, ८ भदौ । तनहुँको आँबुखैरनी गाउँपालिका – २ ऐना पहरामा हिजो भएको भारतीय पर्यटक बस दुर्घटनाका १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।
नेपाली सेनाको हेलिकप्टरमा तीन खेप गरेर ल्याइएका १६ मध्ये १५ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र एक जनाको संगै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।
त्रिवि शिक्षण अस्पतालका इमरजेन्सी डिपार्टमेन्ट नर्सिङ इन्चार्ज समेत रहेकी नर्सिङ अधिकृत कमला सकि श्रेष्ठका अनुसार एक जना आईसीयूमा, एक जना एचडीयूमा र बाँकी सबै घाइतेलाई अर्थोपेडिक वार्डमा सिफ्ट गरिदैछ । अधिकांश घाइतेहरुको हड्डी फ्याक्चरसंगै चोटपटक लागेको छ । उनले ५ जनाको अवस्था गम्भीर रहे पनि अरुको अवस्था सामान्यउन्मुख हुँदै गएको बताईन ।
अस्पतालले ‘मास क्याजुल्टी इन्सिडेन्ट नम्बर’ प्रयोग गरी सबै बिरामीको सहजरुपमा उपचार हुने व्यवस्था मिलाएको छ ।
घाइतेको उपचारको लागि अस्पतालले कसरी मिलाएको थियो तयारी ?
नेपाल घुम्न आएका भारतीय नागरिक २७ जनाको घटनास्थलमै ज्यान जाने गरी भएको दुर्घटना पछि शुक्रबार दिउसोबाट नै घाइतेको तत्काल प्राथमिक उपचार गरी सुविधासम्पन्न अस्पतालमा सिफ्ट गर्ने गरी नेपाली सेनाको मेडिकल टिम समेत परिचालन भएको थियो । सोही अनुसार त्रिवि शिक्षण अस्पताललाई दुर्घटनाका घाइतेहरु ल्याइदै छ भनेर तीन बजे देखि नै अलर्ट अवस्थामा राखिएको थियो ।
‘४ बजे पहिलो लटमा ११ जना, त्यसपछि ४ जना र अन्तिममा राती १ जना गरी १६ जना घाइते ल्याइएको थियो । त्यसमध्ये १ जनालाई मनमोहन पठाइएको छ,’ श्रेष्ठले भनिन् ।
दुर्घटनाका घाईतेको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा तीन बजे देखि नै इमरजेन्सीमा टोली स्टाण्डबाई रुपमा रहेको थियो ।
हेलिप्याडदेखि अस्पतालसम्म ल्याउन एम्बुलेन्स देखि दुर्घटनाका घाइतेका लागि आवश्यक पर्न सक्ने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री फार्मेसीबाट ल्याएर तयारी अवस्था थियो । आवश्यक पर्ने ट्रलीहरु तयारी अवस्थामा नै थिए । घाईतेहरु अस्पताल आईपुग्नासाथ चिकित्सक तथा नर्सिङ टोलीले मिनेट ढिला नगरी उपचारमा खटिएको थियो ।
‘अस्पतालका निर्देशक देखि इमरजेन्सी टीमका सम्पूर्ण सदस्यहरु तयारी अवस्थामा रहनु भएको थियो । यस्तै हामीले काम गर्दै गर्दा स्वास्थ्य मन्त्रालयको हेल्थ इमरजेन्सी ओपरेसन सेन्टर,(एचईओसी), काठमाडौँस्थित भारतीय दुतावाससंग पनि समन्वय भइरहेको थियो,’ श्रेष्ठले भनिन् ।
त्यसो त घाईतेहरुको उपचारलाई थप व्यवस्थित बनाउन निर्देशक डा काफ्लेसंगै, इमरजेन्सी प्रमुख डा रमेशकुमार महर्जन, नर्सिङ निर्देशक कल्पना पिया, इमरजेन्सीको नर्सिङ सुपरभाइजर गिताकुमारी सत्याल, प्रशासन प्रमुख प्रमोद निरौला लगायत खटिएका थिए ।
यी हुन उपचाररत घाईतेहरु
सम्पर्क इमेल : [email protected]