भरतपुर अस्पतालमा बायोप्सी गर्ने क्रममा महिलाको मृत्यु, डा. प्रकाश खतिवडाको संयोजकत्वमा छानविन समिति गठन

समितिलाई सात दिन भित्र प्रतिवेदन बुझाउनु पर्ने कार्यादेश

काठमाडौँ, ५ भदौ ।  पाठेघरमा पलाएको मासुको जाँच गर्न भरतपुर अस्पताल भर्ना भएकी एक महिलाको बायोप्सी लिने क्रममा मृत्यु भएपछि त्यसको कारण पत्ता लगाउन छानविन समिति गठन भएको छ ।

भरतपुर महानगरपालिका – १२ मुनाल चोक ठेगाना भई हाल गैडाकोट बस्ने ३९ बर्षकी सम्झना काफ्लेको गएराती साढे १० बजे अस्पतालमा मृत्यु भएको थियो ।

मृत्युपछि आफन्तहरुले चिकित्सकको लापर्वाही भन्दै छानविनको माग गरेका थिए ।

आफन्तले चिकित्सकको लापरबाहीको कारण सामान्य शल्यक्रिया गर्न अस्पताल गएकी काफ्लेको निधन भएको बताएपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वपक्षीय छानविन समिति गठन गर्ने निर्णय गरेका हुन् ।

प्रजिअ यादवले भरतपुर अस्पतालका बरिष्ठ डाक्टर प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

समितिमा क्यान्सर अस्पतालका एनेस्थेसिया डाक्टर प्रदिप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अन्तिम सिंजाली रहेका छन् । त्यसैगरि मृतकका आफन्तका तर्फबाट रमेश काफ्ले, राजेन्द्र ढकाल र मन्दिरा काफ्ले रहेका छन् । भरतपुर अस्पतालका शाखा अधिकृत तुलसीराम आचार्यलाई सदस्य सचिव तोकिएको पनि प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।

छानबिन समितिले ७ दिनभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पनि उक्त घटनाबारे छानबिन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । समिति गठन भएपछि मृतकका आफन्तले पनि शव बुझेर लैजाने सहमति गरिएको प्रजिअ यादवले जानकारी दिए ।

सोमबार पाठेघरको मासुको जाँचको लागि वायप्सी गर्नको लागि भरतपुर अस्पताल भर्ना भइ मंगलबार सामान्य शल्यक्रिया गर्ने भनिएपनि एनेस्थेसिया लगाएपछि काफ्लेको स्वास्थ्य गम्भीर भएको थियो । गम्भीर अवस्थामा भरतपुर अस्पतालकै आइसियूमा लगिए पनि काफ्लेको राती साढे १० बजे निधन भएको थियो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।

मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

यस्तो छ सम्झौँता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *