इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको वेबसाइट र फेसबुक पेज ह्याक

काठमाडौँ, ५ भदौ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को वेबसाइट र फेसबुक पेज ह्याक भएको छ । ह्याकरले गत सोमबारबाट ईडीसीडीको वेबसाइट र फेसबुक पेज आफ्नो नियन्त्रणमा राखेको हो ।

ह्याक पछि अहिले वेबसाइट खुल्दैन भने पेजमा अश्लिल सामग्रीहरु पोष्ट भएको छ ।

महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले वेबसाइट र फेसबुक पेज ह्याक भएको पुष्टि गरे । उनले गत सोमबार (अस्ति)बाट वेबसाइट र फेसबुक पेज नियन्त्रण बाहिर गएको बताए । उनले साइबर व्युरोमार्फत यसबिरुद्धको कार्वाहीमा आफूहरु जान लागेको बताए ।

डा घिमिरेले इडीसीडीको पेज नियन्त्रण बाहिर गएकोबारेमा आफ्नो फेसबुकबाट जानकारी समेत गराएका छन् ।

देशमा पछिल्लो समय प्रकोपको रुप लिईरहेको डेंगी, हैजाको नियन्त्रण गर्न आफ्नो सबै संयन्त्रण परिचालन गरेको इडीसीडीलाई विश्वव्यायी रुपमा खतराबनेको मङ्कीपक्स (एमपक्स)बिरुद्ध पनि पनि तयारी गर्नु पर्ने छ । यसबेलामा वेबसाइट र पेज ह्याक हुँदा नियमित काममा अफ्टेरो पर्नुका साथै आम जनमानसमा समेत भ्रम सिर्जना भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *