पाटन अस्पतालको निर्देशकमा पुन: प्राडा रबि शाक्य
काठमाडौँ, ४ भदौ । पाटन अस्पतालको निर्देशकमा पुन: प्राडा रबि शाक्य दोहोरिएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको गत ३२ साउनमा बसेको कार्यकारी परिषद्को बैठकले उनलाई पुन: चार बर्षका लागि निर्देशक पदमा नियुक्त गरेको हो ।
बरिष्ठ मानसिक रोग विशेषज्ञको रुपमा परिचित प्राडा शाक्य यसअघि पनि चार बर्षका लागि निर्देशक पदमा कार्यरत थिए ।
पहिलो पटक विसं २०७७ साउन ३२ गते निर्देशक पदमा नियुक्त भएका उनको चार बर्षे कार्यकाल गत ३१ साउनमा सकिएको थियो । त्यसपछि परिषदले पुन: उनलाई निर्देशकमा दोहोर्याएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन अनुसार प्रतिष्ठानको उपकुलपतिले अस्पतालको निर्देशक नियुक्त गर्ने व्यवस्था रहेको छ ।
सम्पर्क इमेल : [email protected]