हैजा संक्रमितको संख्या ५५ पुग्यो, सबैभन्दा बढी ललितपुरमा
काठमाडौँ, २ भदौ । नेपालमा साउन लागे यता हैजा संक्रमितको संख्या ५५ पुगेको छ । विभिन्न जिल्लामा थप ५ जना संक्रमित थपिएसँगै देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित छन् ।
यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेश र स्थानीय तहसंग सहकार्य र समन्वयमा हैजा प्रभावित क्षेत्रमा दु्रुत प्रतिकार्यटोली परिचालन गरि नियमित केश अनुसन्धान, बिरामीको खोजी र बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको लक्षणको निगरानी गर्ने गराउने कार्य भइरहेको जनाएको छ ।
त्यस्तै एकै टोलमा एक साता भित्र ५ जना भन्दा बढी झाडा पखलाका बिरामीहरु देखा परेमा इडिसिडीको टोल फ्रि नं १११५ मा जानकारी गराउने व्यवस्था रहेको छ ।
महाशाखाले झाडापखाला र हैजाका बिरामीहरुको सरकारी र निजी गरी १४४ वटा अस्पतालबाट नियमित रुपमा निगरानी भइरहेको समेत उल्लेख गरेको छ ।
सम्पर्क इमेल : [email protected]