‘कान्तिपुर डेन्टल सेन्टर भरतपुर’ सञ्चालनमा
चितवन, २ भदौ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले चितवनको भरतपुर विमानस्थल अगाडि कान्तिपुर डेन्टल सेन्टर सञ्चालनमा ल्याएको छ । शनिबार (हिजो)बाट सञ्चालनमा आएको यो सेन्टर केडीसीले चितवनमा सञ्चालनमा ल्याएको दोस्रो सेन्टर हो । विसं २०६० साल देखि नै केडीसीले नारायणगढको पुल्चोकमा सेन्टर सञ्चालन गरी दन्त उपचार सेवा दिइरहेको छ ।
केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले नयाँ सेन्टरमा दन्त उपचार सम्वन्धी सम्पूर्ण सेवा उपलव्ध हुने बताए ।
पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि अहिले ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायतका जनशक्ति छन् । डा. श्रेष्ठले आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने बताए । ‘हामीले डेन्टल सेक्टरमा लिड गर्न चाहन्छौं र ओरल हेल्थ सम्बन्धी सचेतना जगाउने उद्धेश्य पनि हो ’ डा. श्रेष्ठले भने ।
उनका अनुसार नयाँ सेन्टरमा सीभीसिटी सहित दन्त उपचारका लागि चाहिने अरु अत्याधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्था गरिएको छ ।
‘हाइटेक प्रविधि र उपचार पद्धतीमा लैजाने हाम्रो योजना हो । स्वदेश तथा विदेशका व्यक्तिहरुलाई सुविधा दिने, डेन्टल टुरिजमलाई अगाडी बढाउने गरी नै नयाँ सेन्टरको सेटअप गरिएको छ । यहाँ प्रयोग गरिने उपकरणहरु अत्याधुनिक र एड्भान्स खालका छन्,’ डा. श्रेष्ठले भने ।
सेन्टरमा मुख तथा दांँतको परिक्षण तथा परामर्श, दांँत सफा गर्ने, दांँत निकाल्ने , दांँत भर्ने, जरैदेखि दांँत भर्ने ,शल्यक्रिया गरी दांँत निकाल्ने, कृतिम दांँत राख्ने, दन्त्य प्रत्यारोपण, एक्सरे सेवा दिइनेछ ।
यस्तै बच्चाको दांँतको बिशेष उपचार, मुखको क्यान्सरको बिशेष परीक्षण,बांगोटिंगो दांँतको उपचार, गिजा सम्बन्धी रोगको बिशेष उपचार , अनुहारको जोर्नी, सुतेको बेला दांँत किट्ने र घुर्ने समस्या लगायतको उपचार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनले भरतपुर सेन्टरमा असोज महिना भरी सम्म साधारण दन्त उपचारमा १५ प्रतिशत छुट र बिशेष दन्त उपचार सेवामा १० प्रतिशत छुट दिईने बताए ।
केडीसीको काठमाडौँको बसुन्धराबाहेक सतुङ्गलमा केडीसी उपचार सेन्टर रहेको छ । यसैगरी पोखराको न्यूरोड, रुपन्देहीको बुटवलस्थित पुष्पलाल चोक र तिलोत्तमाको भलबारीमा रहेको सेन्टरबाट दन्त उपचार सेवा दिंदै आएको छ।
सम्पर्क इमेल : [email protected]