नसर्ने रोगबिरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन नेपाल एनसीडी एलायन्सले गठन गर्यो विषयगत उपसमिति
काठमाडौँ, १ भदौ । नसर्ने रोगविरुद्ध क्रियाशिल व्यक्ति तथा संस्थाहरुकोे राष्ट्रिय सञ्जाल नेपाल एनसीडी एलायन्सले आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाउन विभिन्न ८ समूहमा विषयगत उपसमिति गठन गरेको छ ।
एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले विषयगत उपसमिति गठन गरेको हो ।
एलायन्सका सचिव किशोरकुमार प्रधानांङ्गका अनुसार ‘टोवाको एण्ड अल्कोहल कन्ट्रोल’ उपसमितिको संयोजकको जिम्मेवारी एलायन्सका सह अध्यक्ष समेत रहेका शान्तलाल मुल्मीलाई दिइएको छ । सदस्यमा रामनाथ मैनाली रहेका छन् ।
यस्तै ‘रिसोर्स मोविलाइजेशन’ उपसमितिमा शिब श्रेष्ठ संयोजक तोकिएका छन् । सो समितिलाई अध्यक्ष डा. प्रकाशराज रेग्मी र उपाध्यक्ष डा. अभिनव वैद्यले सघाउने छन् ।
यसैगरी ‘डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोल’ उपसमितिमा बरिष्ठ मुटु विशेषज्ञ डा. प्रेमराज बैद्यलाई संयोजक तोकिएको छ ।
यस्तै ‘इन्भाइरोमेन्ट पोल्युसन एण्ड क्लाइमेट चेन्ज’ उपसमितिमा डा. मनिता प्याकुरेललाई संयोजक तोकिएको छ ।
यस्तै ‘रिसर्च एण्ड पब्लिकेशन’को संयोजकमा डा. प्रज्वल प्याकुरेललाई तोकिएको छ । डा. गम्भीर श्रेष्ठले पनि सो उपसमितिलाई सघाउने छन् ।
यसैगरी ‘फिजिकल एक्टिभिटी एण्ड योगा’ उपसमितिमा संयोजकमा महेन्द्र रावललाई तोकिएको छ । सो समितिको सदस्यहरुमा सोनीबाबा प्रधान र विष्णुप्रसाद सिग्देल रहेका छन् ।
यसैगरी ‘फुड एण्ड न्युट्रेशन’ उपसमितिको संयोजकमा आलोक श्रेष्ठ तोकिएका छन् ।
यस्तै ‘मिडिया एण्ड पब्लिकेशन’ उपसमितिमा रामप्रसाद न्यौपानेलाई संयोजक तोकिएको छ ।
बैठकले आगामी २२ भदौमा एलायन्सको साधारणसभा तोकेको छ भने नयाँ कार्यक्रमहरुलाई देशव्यापी रुपमा विस्तार गर्दै लैजाने निर्णय समेत गरेको छ ।
एलायन्सका अध्यक्ष डा. रेग्मीले भयावहरुपमा बढ्दै गएको नसर्ने रोगविरुद्धका कामहरुलाई प्रभावकारी ढंगले अघि बढाउन पदाधिकारी तथा सदस्यहरुलाई थप जिम्मेवारी दिइएको बताए ।
उनले नेपाल एनसीडी एलायन्स र यसले गरेका कामबाट छोटो समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पहिचान बनाउन सफल भएको बताए ।
एलायन्सका सह अध्यक्ष मुल्मीले नसर्ने रोगविरुद्ध सरकार, सिभिल सोसाइटी, यससंग सरोकारवाला सम्पूर्ण पक्ष एक ठाउँमा उभिएर काम गर्नु पर्ने अवस्था आएको बताए ।
बैठकमा एलायन्सका उपाध्यक्ष डा. वैद्यले ‘साउथ इस्ट एशिया रिजनल एनसीडी एलायन्स’को आयोजनामा चार दिन पछि सुरु लागेको प्रथम ‘एसइएआर एनसीडीज कन्फ्रेन्स’ र त्यसको अन्तिम तयारीबारेमा जानकारी गराएका थिए ।
सम्पर्क इमेल : [email protected]