एक्युट मेडकेयरको ओभुलेसन र स्पर्म टेष्ट किट सहितका चार प्रडक्ट बजारमा

काठमाडौँ, १ भदौ । तपाईँको प्रजनन् अवस्था कस्तो छ ? शुक्राणु गुणस्तर अनि गर्भवती हुने बेलाबारेमा कन्फ्युजन पो छ कि ? यी सब कुरामा अब चिन्ता लिनु नपर्ने भएको छ । तपाईँले घरमै बसी बसी आफै यसको सहज ढंगले परीक्षण गर्न सक्नु हुने छ ।

भक्तपुरको लोकन्थलीमा रहेको एक्युट मेडकेयर प्रालिले तपाईँको प्रजनन् स्वास्थ्यलाई प्रभावकारी र सहज बनाउन चारवटा प्रडक्ट बजारमा ल्याएको छ । सखी ओभुलेसन टेष्ट किट, सखी एफएसएच टेष्ट किट, फर्टीओके स्पर्म किट र शखी प्रेग्नेन्सी टेष्ट किट ।

विश्व बजारका लागि यी टेष्टकिटहरु नयाँ होइनन्, तर नेपालका हकमा ओभुलेसन टेष्ट किट, एफएसएच टेष्ट किटहरु नयाँ हुन् । शुक्रबार राजधानीमा आयोजित प्रडक्ट सार्वजनिक समारोहमा एक्युट मेडकेयरकी सीईओ प्रियंका भण्डारीले भनिन् ।

‘अहिले परिवर्तीत खानपान, जीवनशैली तथा वातावरणीय प्रभाव, हर्मोनमा देखिने गडबढी सहित विभिन्न अन्य कारणले व्यक्तिको प्रजनन् स्वास्थ्यमा ह्रास आएको छ । स्पर्म (शुक्राणु)मा ह्रास, अण्डा निस्कने समयको पहिचान नहुनु, हर्मोनमा आउने परिवर्तन आदि कारणले कतिपय दम्पत्तीहरुले चाहेको बेलामा गर्भाधान र सन्तान सुख पाउन समस्या देखिएको छ । यो अन्योलतालाई चिर्नका लागि पनि हामीले केही यस्ता टेष्ट किटहरु ल्याएका छौँ । जसले घरमै बसीबसी आफ्नो प्रजनन् अवस्था र क्षमताको जाँच गर्न सक्नुहुनेछ,’ भण्डारीले भनिन् ।

उनका अनुसार ओभुलुसन टेष्ट किट महिलाहरुले घरमै बसेर ओभुलेसन चक्र थाहा दिने उपकरण हो । यो परीक्षण पिसावबाट गरिन्छ । यो किटले पिसावमा लुटिनाइजिङ हर्मोन (एलएच)को बृद्धि पत्ता लगाउँछ । अझ सजिलो गरी बुझ्नु पर्दा यसले गर्भधारण गर्ने उत्तम समय पत्ता लगाउन मद्धत गर्दछ । यो टेष्ट किट नेपालका लागि पहिलो भएको सीईओ भण्डारीले बताईन ।

अर्को प्रडक्ट सखी एफएसएच टेष्ट किटले पहािलहरुलाई घरमै सहज र सही तरिकाले फोलिक स्टम्युलेटिङ हर्मोन(एफएसएच) को स्तर मापन गरेर आफ्नो प्रजनन योजना सक्रिय रुपमा व्यवस्थापन गर्न सहयोग गर्नेछ ।

यस्तै फर्कि ओके स्पर्म टेष्ट किटले पुरुषहरुको स्पर्म (शुक्राणु)को गणना देखि गुणस्तरसम्मको जाँच गर्न सकिन्छ । कहिलेकाँही स्पर्मको काउन्ट कम हुँदा यसले पनि गर्भधारणमा समस्या पारिरहेको हुन्छ ।

एक्युट मेडकेयरले अहिले ल्याएको चौथो प्रडक्ट प्रेग्नेन्सी टेष्ट किट हो । यसले गर्भधारण भयो कि भएन भनेर घरमै सहज रुपमा जाँच गर्न सकिन्छ ।

सीईओ भण्डारीले आफ्ना प्रडक्टहरु सहज रुपमा छिटो नतिजा दिन सक्ने र ९९ प्रतिशत प्रभावकारी भएको बताईन् । उनले उनले सखी ब्राण्ड नेममा उत्पादन भएका प्रडक्टहरु चीन र भारतबाट आयात भएको समेत जानकारी दिईन् ।

उनले आफ्ना प्रडक्टहरुमा प्रि अर्डरका लागि २० प्रतिशत छुट संगै दुई महिना क्रेडिटको व्यवस्था समेत मिलाइएको बताईन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *