चितवनमै दोस्रो डेन्टल सेन्टर सञ्चालनमा ल्याउँदै केडीसी
काठमाडौँ, ३१ साउन । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)ले चितवनमा दोस्रो शाखा सञ्चालनमा ल्याउने भएको छ। कान्तिपुर डेन्टल सेन्टरको नाममा भरतपुरमा दोस्रो शाखा सञ्चालनमा ल्याउन लागेको हो ।
केडीसीले विसं २०६० साल देखि चितवनमा शाखा खोली दन्त सेवा उपलव्ध गराउँदै आएको छ । चितवनमा बीस वर्ष अघि नै पहिलो शाखाको रुपमा नारायणगढ पुल्चोकमा सञ्चालन गर्दै आएका छौँ । अहिले दोस्रो शाखा भने भरतपुर १० (भरतपुर विमानस्थल) मा सञ्चालनमा आउँदै छ । केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले भने ।
उनले उक्त नयाँ शाखा आगामी शनिबार अर्थात् भदौ १ गतेदेखी सेवा शुभारम्भ हुने बताए ।
डा श्रेष्ठका अनुसार अहिले खोलिएको सेन्टर अत्याधुनिक र सुविधा सम्पन्न छ । उनले यो सेन्टरलाई दन्त स्वास्थ्य सेवा पर्यटनसंग जोडेर लैजाने योजना रहेको बताए ।
‘चितवन आफैमा पर्यटकिय क्षेत्र भयो, हामीले टेन्डल टुरिजमलाई समेत ध्यान दिएर अत्याधुनिक हाइटेक प्रविधिले सुसज्जित सेन्टर बनाएका छौँ । स्वदेशीसंगै विदेशी पर्यटकलाई समेत उच्चस्तरीय अन्तराष्ट्रिय स्तरको सेवा दिने हिसावले यसको तयारी गरेर ल्याउँदै छौँ,’ डा श्रेष्ठले भने ।
‘५ वटा डेन्टल चियर रहेको यो सेन्टरमा सीबीसिटी सहित सेवा दिने लक्ष्यका साथ चितवनमा दोस्रो शाखा स्थापना गरेको हौं, जुन चितवनमा यसअघि थिएनु, उनले भने, ‘दन्त उपचारका साधारणदेखि जटिल प्रकारका सबै सेवा यसै शाखा मार्फत् दिइने छ।’
नेपालमा दन्त स्वास्थ्य सम्बन्धी उपचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको अभाव अझै पनि रहेको अवस्थाको मध्यनजर गर्दै उक्त शाखा स्थापना गरिएको श्रेष्ठको दाबी थियो ।
पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायत आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने उनले बताए।
सम्पर्क इमेल : [email protected]