मनमोहन कार्डियोका चिकित्सकले गरे ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया
काठमाडौँ, ३१ साउन । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।
सेन्टरका बरिष्ठ सर्जन डा अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
डा भट्टराईका अनुसार ती गर्भवतीको मुटुबाट निस्कने नशा फुटेको (एसेन्डिङ एओर्टिक एनोरिजम वीथ डिसेक्सन) थियो ।
‘मुटुको नशा च्यातिनै लागेको अवस्थामा सो शल्यक्रिया गरिएको हो । केही समय ढिला भएको भए गर्भवती महिला र उनको पेटमा रहेको बच्चा दुबैको ज्यान जान सक्थ्यो,’ डा भट्टराईले भने ।
मुटुको शल्यक्रिया गर्नु अघि प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको टोलीले पेटको बच्चा निकालेको थियो ।
चार दिन अघि गरिएको सो शल्यक्रिया पछि अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य भएको डा भट्टराईले बताए ।
उनले यस्तो खालको मुटुको शल्यक्रिया संसारमै जटिल र उच्च जोखिमयुक्त मानिने डा भट्टराईले बताए ।
यस्तै केश छ वर्ष अघि पनि डा भट्टराईको टोलीले मनमोहन कार्डियोमा गरेका थिए ।
यो केशमा मुटुको शल्यक्रिया गर्न डा भट्टराईको नेतृत्वमा डा रबि बराल र डा प्रभात खकुरेलको टिम खटिएको थियो । यस्तै स्त्री रोग विशेषज्ञहरु डा सुनिति रावल, डा पुजा पौडेल र डा संयुक्ता राजभण्डारी खटिएका थिए । यस्तै एनेस्थेसियामा डा विश्वास प्रधान, डा विभुश श्रेष्ठ र डा अर्जुन गुरुङले सघाएका थिए । यस्तै फरफ्युसन असिस्टेन्टको रुपमा महेन्द्र भट्टले सघाएको डा भट्टराईले जानकारी दिए ।
यो पनि हेर्नुहोस्……………
मनमोहन सेन्टरमा गरियो ३७ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया
सम्पर्क इमेल : [email protected]