आर्या फर्माको डब्लुएचओ जीएमपी निलम्बन
काठमाडौँ, ३० साउन । औषधि व्यवस्था विभागले आर्या फर्मा ल्याव प्रालिको गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (डब्लूएचओ जीएमपी) सर्टिफिकेट निलम्बन गरेको छ । तोकिए अनुसारको मापदण्ड पुरा भएको नदेखिएपछि औषधि व्यवस्था निलम्बन गर्ने निर्णय गरेको हो ।
त्यसअघि विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छुट्टा छुट्टै टोलीले आर्याको उद्योग अनुगमन गरेको थियो ।
‘अनुगमनमा मन्त्रालयको टोली पनि गएको थियो । त्यो भन्दा पहिले नै हाम्रो टोलीले निरीक्षण गरेर प्रतिवेदन दिईसकेको थियो । दुृबै टोलीले गरेको निरीक्षण र त्यसपछिको प्रतिवेदनका आधारमा आर्याको जीएमपी निलम्बन भएको छ,’ विभागका महानिर्देशक नारायणप्रसाद ढकालले भने ।
उनले जीएमपीका लागि तोकिएको मापदण्ड नपुगेपछि निलम्बन गरिएको बताए ।
यसअघि गत ६ साउनमा विभागको बीरगञ्ज शाखाबाट गएको टोलीले आर्याको स्थलगत अनुगमन तथा निरीक्षणमा गएको थियो । त्यसक्रममा टोलीले सो उद्योगबाट उत्पादित भेटनरी उत्पादन पूर्ण रुपमा बन्द गर्नुपर्ने र मानवतर्फका औषधि उत्पादनका लागि दिइएको डब्लूएचओ जीएमपी निलम्बन गर्नुपर्ने सिफारिस गरेको थियो ।
पछि मन्त्रालयबाट पनि अर्को टोली गएर उस्तै प्रकारको प्रतिवेदन तयार गरेको थियो । दुबै टोलीको सुझाव अनुसार निलम्बन गरिएको ढकालले स्पष्ट पारे ।
सम्पर्क इमेल : [email protected]