बिरामी बोकेको हेलिकप्टर धादिङमा आपतकालीन अवतरण

काठमाडौँ, २९ साउन । बिरामी बोकेको हेलिकप्टर धादिङमा आपतकालीन अवतरण गरेको छ । खराब मौसमका कारण कैलाश हेलिकप्टर आकस्मिक अवतरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पोखराबाट बिरामी लिएर काठमाडौँ आएको हेलिकप्टर धादिङको थाक्रे गाउँपालिका- ५ मा आपतकालीन आवतरण भएको छ ।

बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौँ पठाउने तयारी भइरहेको  प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *