ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन स्वास्थ्य मन्त्रालय अन्तर्गतको विषयगत समिति सदस्यमा मनोनित

काठमाडौँ, २८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन् ।

सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले महर्जनलाई विषयगत समितिको सदस्यमा मनोनित गरेका हुन् ।

संघ प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ (१) ग बमोजिम उनलाई विषयगत समितिको सदस्यमा मनोनित गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । महर्जनलाई संघ, प्रदेश र स्थानीय तह अन्तर्गत रहेका देशैभरका स्वास्थ्य क्षेत्रका विषयमा आवश्यक समन्वयका लागि मनोनयन गरिएको उल्लेख छ ।

समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानूनको तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्ने छ । ऐन आएयता हालसम्म पूर्णता नपाएको र लामोसमयदेखि बैठकसमेत बस्न सकेको थिएन।

महर्जनको मनोनयसँगै उक्त समितिको बैठक आगामी भाद्र ६ गते बस्ने गरि तोकिएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका विषय संघको मात्र नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्ययोजना लागू गराउन पहल थालेको र यसैका लागि बैठकसमेत डाकिएको बताए ।

मन्त्री अध्यक्ष रहने विषयगत समितिमा प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रीहरु सदस्य रहने र अध्यक्षले स्थानीय तहबाट एक जना प्रमुख वा अध्यक्षलाई सदस्यमा मनोनीत गर्ने सकिने व्यवस्था रहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *