स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे आफ्ना प्राथमिकताका विषय र कार्ययोजना (पूर्ण पाठ सहित)

काठमाडौँ, २७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफ्ना प्राथमिकताका विषय तथा कार्ययोजना सार्वजनिक गरेका छन् । जिम्मेवारी सम्हालेको २७ औँ दिनमा उनले पत्रकार सम्मेलन गरी प्राथमिकतामा रहेका विषय संगै अल्पकालीन तथा दीर्घकालिन कार्ययोजना सार्वजनिक गरेका हुन् ।

सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताए ।

त्यसअघि उनले पूर्व स्वास्थ्य मन्त्रीहरु, पूर्व स्वास्थ्य सचिवहरु तथा स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालासंग सुझाव लिएको समेत बताए । त्यसो त मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेका थिए ।

त्यहाँबाट आएका सुझावको आधारमा पनि प्राथमिकताका विषयहरु तथा कार्ययोजना तयार पारेको बताए । उनले प्राथमिकताका विषय तथा कार्ययोजनालाई कार्यान्वयनमा ल्याउनका लागि स्रोतको सुनिश्चितता आवश्यक रहेको भन्दै यसबारेमा प्रधानमन्त्री र अर्थ मन्त्रीको समेत ध्यानाकर्षण गराइसकेको बताए ।

उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रधानमन्त्री निकै नै सकारात्मक हुनुहुन्छ । अर्थ मन्त्री ज्यू पनि यसका लागि सहयोगी हुनुहुन्छ । त्यसैले हामीले अघि सारेका काममा अर्थकै कारण बाधा पुग्दैन भन्ने विश्वास छ ।’

यस्तो छ मन्त्री पौडेलले सार्वजनिक गरेको स्वास्थ्यको प्राथमिकता तथा कार्ययोजनाहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे आफ्ना प्राथमिकताका विषय र कार्ययोजना (पूर्ण पाठ सहित)

  1. We did not found very new plans and programs in this document. Some of the important issues submitted by us were expected to be in this plan. But not included, such as National Blood Lead Level Screening policy and infrastructure development as well as environmentally sound management of Healthcare Waste etc.

Leave a Reply

Your email address will not be published. Required fields are marked *