मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेका युवकको मृत्यु

काठमाडौँ, २६ साउन । महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेका एक युवाको मृत्यु भएको छ ।

सेन्टरको छैटौं तलामा रहेको एस क्याफेको परिसरबाट हामफालेका काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षका स्वरुपराज आचार्यको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीका अनुसार छतबाट हाम फाले लगत्तै अस्पताल लगेर उनको उपचार थालिएको थियो । तर गहिरो चोटका कारण उनलाई जोगाउन नकसिएको अस्पतालको भनाइ छ।

हाम फालेका व्यक्तिको त्रिवि शिक्षण अस्पताल र मनमोहन कार्डियो सेन्टरमा कुनै बिरामी वा आफन्त नभएको समेत प्र्रहरीले बताएको छ । उनले त्यहाँस्थित एस क्याफेमा कफी पिएर बसेको केही समयपछि हामफालेको बताइएको छ।

प्रहरीले क्याफेमा आएर किन हाम फाले भन्नेबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *