अब डेंगी संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क
काठमाडौँ, २३ साउन । सरकारले डेंगी संक्रमितहरुको उपचार अब सरकारी अस्पतालमा निःशुल्क गर्ने भएको छ। देशमा संक्रमण बढेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
यसैगरी बैठकले आ-आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र बिरामीको उपचार व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ।
यस वर्ष नेपालका ७३ वटा जिल्लाहरुमा अहिलेसम्म २३६५ डेंगी संक्रमितहरु पुष्टी भैसकेका छन्। मंगलबार मात्रै तनहुँमा एक ५० वर्षीय पुरुषको डेंगी संक्रमण्बाबाट मृत्यु थियो ।
सम्पर्क इमेल : [email protected]