डेंगी संक्रमणबाट एक जनाको मृत्यु
काठमाडौँ, २२ साउन । डेंगी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगी सङ्क्रमण फैलिएको छ।
डेंगी सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ७४७, कोशी प्रदेशमा ५३७ जनामा डेंगी पुष्टि भएको छ ।
त्यसै गरी, गण्डकी प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिममा २४२, मधेस प्रदेशमा ४६ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगी पुष्टि भएको छ ।
जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगी पुष्टि भएको छ । काठमाडौँमा २८७,कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६, तनहुँमा ११० जनामा डेंगी पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगी पुष्टि भएको छैन ।
चिकित्सकका अनुसार डेंगी हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो । डेंगी सङ्क्रमण अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले सुझाएका छन्।
सम्पर्क इमेल : [email protected]