बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिईन राजिनामा, देश छाडेर भारतको शरणमा
४०० बढी नेपाली सुरक्षित रहेको दुतावासद्धारा जानकारी
काठमाडौं २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनमा दिएकी छन् । बेलायतको स्काइ न्यूजका अनुसार बंगलादेशी सेनाले हसिनाको राजीनामा भएको पुष्टि गरेको छ ।
उनी सेनाको हेलिकप्टरबाट भारत तर्फ लागेको स्काई न्यूजले उल्लेख गरेको छ ।
गत जुलाई १५ बाट भएको प्रदर्शनमा ३०० बढीको मृत्यु भएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।
आइतबारको प्रदर्शनमा मात्रै ९१ बढीको मृत्यु भएको थियो ।
आज देश छाड्नु अघि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्न चाहेकी थिइन तर परिस्थिति उनले चाहेको जस्तो भएन । उनी आफ्नी बहिनीलाई लिएर पश्चिम बंगालतर्फ लागेको बताइएको छ । अहिले प्रधानमन्त्री निवासमा प्रदर्शनकारीहरु छिरेका छन् ।
बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।
यसैबीच बंगलादेशमा रहेका ४०० बढी विद्यार्थीहरु सुरक्षित रहेको ढाकास्थित नेपाली दुतावासले जनाएको छ । दुतावासले त्यहाँ रहेका विद्यार्थीहरुलाई सुरक्षाको प्रत्याभूत भएपछि मात्रै घरबाट निस्कन र यात्रा गर्न भनेको छ । त्यसअघि दुतावासमा समन्वय गर्न समेत भनेको छ ।
सम्पर्क इमेल : [email protected]