इन्टरमिटेन्ट फास्टिङ गर्नु अगाडि के के ल्याब टेष्टहरु गर्नु उचित र किन ?

– डा. केयूर गौतम

इन्टरमिटेन्ट फास्टिङ के हो ?  इन्टरमिटेन्ट फास्टिङ गर्नुभन्दा अगाडि के-के रगतका जाँचहरू गर्न आवश्यक छ भन्ने कुरा यहाँ चर्चा गर्दैछौं ।

इन्टरमिटेन्ट फास्टिङ भनेको एउटा टाइम्ड मिल सेड्युल’ (Timed Meal Schedule) हो । जसमा एउटा चक्रका रूपमा कुन बेला खाने र कुन बेला नखाने वा खाली पेटको अवस्थामा बस्ने भन्ने निर्धारण गरेको हुन्छ । यो तीन प्रकारको हुन्छ ।

१. अल्टरनेट डे फास्टिङ (Alternate Day Fasting) : यसमा एक दिन खाने एक दिन नखाने गरिन्छ ।

२. पिरियोडिक फास्टिङ (Periodic Fasting) : यसमा एक दिनभन्दा धेरै दुई दिनदेखि एक साता बीचमा एउटा पिरियडमा नखाने गरिन्छ ।

३. टाइम रेस्ट्रिक्टेड फिडिङ (Time Restricted Feeding) : यसमा खाने समयलाई घटाइन्छ । जस्तैः १६:८, १६ घन्टा नखाने ८ घन्टा साविक खाने ।

इन्टरमिटेन्ट फास्टिङमा रगत जाँच गर्नुपर्ने तीन कारण

१. तपाईंले इन्टरमिटेन्ट फास्टिङ गर्न मिल्छ कि मिल्दैन थाहा पाउन ।

२. यो फास्टिङ गरिराख्नुभएको छ तर केही नतिजा देखिएको छैन भने किन देखिएन त ? यो थाहा पाउन ।

३. इन्टरमिटेन्ट फास्टि गर्नुभयो, ज्यान पनि घटाउनु भयो । अब भित्री अवसथ कस्तो छ भनेर थाहा पाउन ।

कसरी गरिन्छ जाँच ?

१. यसमा सर्वप्रथम ग्लुकोज (Glucose) मलको जाँच गरिन्छ । यो  रगतको ग्लुकोजलाई कोष भित्र लानका लागि इन्सुलिन भन्ने हर्मोन हुन्छ । यदि तपाईँको शरीरमा ग्लुकोजको मात्रा बढी रहेछ भने तपाईँमा इन्सुलिन रेसिस्टेन्ट हुन सक्छ । त्यसो हुँदा तपाईँमा मधुमेह छ कि भनेर सुगर लेभल जाँच गर्नु पर्दछ ।

२.  त्यसपछि थाइराइडको जाँच गरिन्छ । यो जाँच तपाईँमा हाइपोथाइरज (Hypothyroidism) छ कि जान्नका लागि गरिन्छ । हाइपोथाइरज रहेछ भने पनि तपाईंको तौल घट्न मुस्किल हुन्छ ।

३. यसैगरी बोसोको मात्रा (लिपिड प्रोफाइल) जाँच गरिन्छ । यो गर्दाखेरि अहिले के छ र पछि कतिको परिवर्तन आयो हेर्न सकिन्छ । यसबाट तपाईंको स्वास्थ्यमा सुधार छ कि छैन पनि हेर्न सकिन्छ ।

जस्तै: इन्टरमिटेन्ट फास्टिङ गर्दा तपाईंको राम्रो कोलेस्ट्रोल (गुड कोलेस्ट्रोल) बढ्यो कि बढेन भनेर अघि र पछिको अवस्था थाहा पाउन सकिन्छ ।

४. त्यस्तै तपाईले कम्प्लिट ब्लड काउन्ट (सीबीसी) जाँच पनि गराउन जरूरी हुन्छ । यसले तपाईंको रगतको मात्रा ठीक छ कि छैन भनेर देखाउँछ । यदि फलाम तत्त्व (आइरन)को कमी रहेछ भने पनि तपाईंको तौल घट्न सक्दैन ।

५. मिटामिन ‘डी’ (Vitamin D) को पनि जाँच गर्नुपर्छ । भिटामिन डी को कमीका कारण पनि मोटोपना हुन्छ ।

६. मिटामिन ‘बी-१२’ (Vitamin B) जसले फ्याट (बोसो), कार्बोहाइड्रेट र प्रोटिनलाई इनर्जी (Energy) मा परिणत गर्छ र गर्न मद्दत गर्छ । यसको कारणले पनि फ्याट मेटाबोलिजम कम हुन्छ ।

७. टेस्टोस्टेरोन (Testosterone) जाँच, यो एक पुरुषमा हुने हर्मोन हो । जुन कम मात्रामा महिलामा पनि पाइन्छ । आफ्नो इनर्जी चुस्त-दुरूस्त राख्न पनि यो हर्मोनको जाँच गर्नुपर्छ ।

८. कोर्टिसोल (Cortisol) लेभल टेस्ट, यस जाँचले तनावको मात्रा मापन गर्छ । यदि यसको तह उच्च रहेछ भनेपनि तपाईंको तौल घट्न मुस्किल हुन्छ ।

९. मिर्गौलाको जाँच (Kidney Function Test), यो जाँचबाट तपाईंको शरीरमा नुनको मात्रा (इलेक्ट्रोलाइट लेभल) र क्रियाटनिनको लेभल हेर्न सक्छौं ।

यी जाँचहरू गर्नुभयो भने यसले तपाईंको जिज्ञासाहरू पनि मेटिन्छन् ।

यो जाँचपछि विशेषज्ञ वा पोषणविद्सँग परामर्श गर्नुहोला ।

 

# डा. गौतमको पुस्तक प्याथोलोजी मार्गदर्शनबाट साभार

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *