ललितपुरको इमाडोलमा पनि देखियो दुई जनामा हैजा, कुल संक्रमितको संख्या २२ पुग्यो
काठमाडौँ, १६ साउन । पछिल्लो चौबिस घण्टा काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा केश पुष्टी भएको छ । पछिल्ला दुईवटा केश ललितपुर इमाडोलको हो । यो संगै साउन यता हैजाबाट संक्रमित हुनेको संख्या २२ पुगेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक ललितपुरको इमाडोलमा देखिएको दुईवटा केश नयाँ ठाउँ हो । यसअघि ललितपुरको गोदावरी क्षेत्रमा १२ जनामा संक्रमण देखा परेको थियो । यस्तै काठमाडौँको कालिमाटी क्षेत्रका एक जना र कैलालीको धनगढी क्षेत्रका ७ जनामा संक्रमण देखिएको थियो ।
इडिसिडीका निर्देशक डा यदुचन्द्र घिमिरेले संक्रमित संख्या बढ्दै गएको भन्दै थप सतर्कता अपनाउन आग्रह गरे । उनले संक्रमण देखिएको क्षेत्रमा पानी परीक्षण तथा हैजाको जीवाणुको स्रोत के हो भनेर खोजी गर्ने काम भइरहेको बताए ।
यसवर्ष साउन लागेसंगै हैजाको प्रकोप देखिएको र यो क्रम बढ्न सक्ने भन्दै विज्ञहरुले सचेत हुन आग्रह गरेका छन् ।
उमालेको पानी पिउने, बासी सडे गलेको खानेकुरा नखाने । झाडापखाला लागेमा तत्काल स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीको सम्पर्कमा जान समेत आग्रह गरेका छन् ।
सम्पर्क इमेल : [email protected]