कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको उपचारका क्रममा निधन

काठमाडौँ, ११ साउन । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचारका क्रममा बिहिबार राती ९ बजे तिर उनको निधन भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले बताए ।

परिवारले नकर्मीलाई अस्ती राती मात्रै वीरमा ल्याएका थिए । त्यहाँ उनको आईसीयूमा उपचार भइरहेको थियो ।

यसअघि मधमेह तथा मिर्गौलामा समस्या भएका प्रमुख नकर्मीलाई परिवारले भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचारका लागि लगेका थिए । ‘त्यहाँ डायलासिस सहितको उपचार भइरहेको बेला अचानक कार्डियाक एरेस्ट भएछ,’ उपचारमा सम्लग्न एक चिकित्सकले अगाडी थपे, त्यसबेला म्याक्सका चिकित्सकहरुले सीपीआर गरेर त्यसबेला बचाउन त सफल भए तर उहाँमा त्यसबेला हाइपोक्सिक ब्रेन इन्जुरी (केही समय मस्तिष्कमा रक्तसञ्चार नहुने अवस्था) भएछ । त्यसले गर्दा उहाँको होस आएन छ । अनि नेपाल फर्काउनु भएछ । अस्ति राती वीर अस्पतालमा ल्याउनु भएको थियो । हिजो राती उहाँको निधन भयो ।’

गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा उम्मेद्धारी दिएर बिजयी भएका नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *