मन्त्रिपरिषद् बैठकको निर्णय:

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा शिवराज अधिकारी नियुक्त

काठमाडौँ, १० साउन । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा शिबराज अधिकारीलाई नियुक्त गरेृको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारी यसअघि योजना आयोगका सदस्य थिए, । स्वास्थय अर्थशास्त्रीको रुपमा समेत चिनिएका अधिकारीले यसअघि शिक्षा र स्वास्थ्य हेर्ने जिम्मेवारी पाएका थिए ।

पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार बिहिबारको बैठकले आयोगका सदस्यहरुमा  डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ ।

सोही बैठकले कामु मुख्य सचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको छ । नेपालको इतिहासमै गड्तौला मुख्य सचिव बन्ने पहिलो महिला हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *