दुर्घटनाग्रस्त सौर्य एयरलायन्सका क्याप्टेन शाक्यको केएमसीमा उपचार हुँदै, कस्तो छ अवस्था ?

दुर्घटनापछि सुरक्षाकर्मीले उद्धार गरेको अवस्थामा क्याप्टेन मनिषरत्न शाक्य । तस्बिर : नेपाल प्रहरी

काठमाडौँ, ९ साउन ।  आज विहान दुर्घटनामा परेको सौर्य एयरलायन्सका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उनको शरीरमा चोटपटक लागे पनि जलन भने नभएको केएमसीका एक जना चिकित्सकले बताए ।

‘अरु सबै यात्रुहरु जलेको पाइएको छ । तर क्याप्टेन शाक्यको शरीर जलेको छैन् । चोटपटकका कारण रक्तश्राव भने भइरहेको छ । उहाँ राम्ररी बोल्नु भएको थियो । प्रारम्भिक चरणमा हेर्दा उहाँको शरीरका भाइटल्सहरु ठिक नै देखिएको थियो । उहाँलाई अहिले हेर्दा आउट अफ डेन्जर हुनुहुन्छ भन्न सकिन्छ,’ ती चिकित्सकले भने ।

यता त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुरयाइएको दुई जना यात्रु भने जिवित नरहेको त्यहाँ कार्यरत स्टाफले बताएका छन् ।
यता विमानमा रहेका चालक दलका दुई जना सहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्यनन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।

सौर्य एयरलाइन्सका ९ एन–एएमई जहाज आज विहान ११ : ११ बजे विमानस्थलबाट टेकअफ हुने वित्तिकै २०० फिट माथि पुगेपछि अचानक सन्तुलनमा गुमाएर दुर्घटनामा परेको सहायक प्रवक्ता भुलले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *