त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिक सौर्य एयरलायन्सको जहाज दुर्घटना

काठमाडौँ, ९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्य एयरको जहाज प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)मा पठाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए ।

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *