काठमाडौँ उपत्यकामा भोलि देखि ४ दिन पोलियोबिरुद्धको विशेष खोप अभियान सञ्चालन गरिने

काठमाडौँ, ८ साउन ।  सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा आउँदो बुधबार देखि शनिबार (९ साउन देखि १२ साउन) सम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्ने भएको छ ।

काठमाडौँको टुकुचा खोला र बागमती नदिको संगमस्थलबाट गत १३ जेठमा संकलन गरिएको ढलको नमूना परीक्षणका क्रममा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखा परेपछि तीन जिल्लामा विशेष खोप अभियान सुरु गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पोलियो खोप अभियानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा जन्मेदेखि ५ बर्ष मुनिका सम्पूर्ण बालबालिकालाई दिईने जनाइएको छ । उसले नियमित खोपमा पोलियो खोप दिईएको भए पनि यस अभियानमा आफ्ना बालबालिकालाई अनिवार्य रुपमा पोलियोविरुद्धको खोप लगाउनु पर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयले अहिले देखिएको पोलियो ढलको पानीमा देखिएको भन्दै मानिसमा भने नदेखिएको स्पष्ट पारेको छ ।

‘नेपालमा हाल कुनै पनि व्यक्तिमा भाइरस पुष्टि भएको छैन र यो पनि मानिसमा पोलियोको संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना मात्र हो । तथापी मन्त्रालय र विश्व स्वास्थ्य संगठन नेपालको सहकार्यमा यस स्थितिको अनुगमन भइरहेको बातावरणीय निगरानी अन्तर्गत ढलको थप नमूना परीक्षण भइरहेको छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।

यता स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. अभियान गौतमले विशेष अभियानमा उपत्यकाका तीन जिल्लामा जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई उपत्यकाका घर घरमै पुगेर पोलियोविरुद्धको खोप दिइने बताए ।

सरकारले अहिले नियमित खोप अन्तर्गत मुखबाट पोलियो थोपा खुवाउँदै आएको छ ।

सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । तर नेपाललाई भने १० बर्ष अघि नै पोलियोमुक्त घोषणा गरिएको थियो ।

डा. गौतमले नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको जानकारी दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *