एम्बुलेन्सको रङ, साइरन र संकेतमा एकरुपता ल्याउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ, ७ साउन । स्वास्थ्य मन्त्रालयले देशभर गुड्ने एम्बुलेन्सको रङ, साइरन र अन्य संकेतहरु ल्याउने तयारी अघि बढाएको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ को दफा १५ ले निर्देशिकत गरेको मापदण्डमा एक रुपता नआएको भन्दै यस्तो तयारी गरेको हो ।

सो सम्वन्धमा मन्त्रालयले सातै प्रदेशको प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र ७७ ओटै जिल्लामा रहेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गर्दै निर्देशिकामा उल्लेखित मापदण्डहरु पालना गराउन भनेको छ ।

पत्रमा तोकेको मापदण्ड पुरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्ने व्यवस्था गर्न भनिएको छ ।

यस्तो छ मन्त्रालयको पत्र:

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *