स्वास्थ्य क्षेत्रका समस्या के ? समाधान कसरी गर्ने ?

इमेल र ह्वाट्सएपबाट सुझाव माग्दै स्वास्थ्य मन्त्री पौडेल

काठमाडौँ, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको प्रमुख समस्या र समस्याको समाधान गर्ने उपाय के के हुन सक्छन् भनेर प्रमुख स्वास्थ्य सरोकारवालासंग सार्वजनिक रुपमा सुझाव मागेका छन् ।

स्वास्थ्य क्षेत्रका सरोकारवाला सबैसँग सल्लाह र सुझाव लिएर सामुहिक रुपमा योजना बनाई अघि बढ्ने आफ्नो नीति रहेको भन्दै सुझाव माग गरेका हुन् ।

उनले त्यसका लागि आफ्नो इमेल र सचिवालयको ह्वाट्एप नम्बर सार्वजनिक गरेका छन् ।

खासगरी समग्र स्वास्थ्य प्रणाली भित्र रहेका प्रमुख समस्याहरु के के हुन् ? ती समस्याका सूची भित्र पनि प्राथमिकताका विषय के के हुन् ? र तिनको समाधान कसरी गर्ने ? जस्ता सवालहरुको तत्कालीन र दीर्घकालीन समाधानका लागि के कस्ता योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने भन्ने सन्दर्भमा यहाँहरुको रचनात्मक सुझावको अपेक्षा गरेको छु मन्त्री पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले सुझावहरु आफ्नो इमेल [email protected] र सचिवालयको ह्वाट्सएप नम्बर  9849119261 मा पठाउन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा यहाँहरूबाट धेरै शुभकामना, आशीर्वाद र माया पाएको छु । अझ महत्वपूर्ण, स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि धेरै सल्लाह सुझावहरू प्राप्त भएको छ । यहाँहरूका सुझाव अनुसार नै, स्वास्थ्य क्षेत्रको सुधार तथा सेवा प्रवाहलाई मर्यादित, पारदर्शी, सहज र सर्वसुलभ बनाउने हाम्रो उद्देश्य हो ।’

मन्त्री पौड मन्त्री पौडेललले स्वास्थ्य क्षेत्रमा धेरै नै समस्या र चुनौतीहरु रहेको भन्दै ती समस्याको एक एक गर्दै समाधान खोज्न र अहिलेको अवस्थालाई सुधार गर्न तथा विकसित हुँदै आएका नयाँ प्रविधि र उपचार विधिरुको अवलम्बन गर्न नीतिगत र प्रणालीगत सुधारको खाँचो भएको बताए ।

उनले यसका लागि समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत रुपमा विकास गर्नु पर्ने र त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माण गरेर अघि बढ्न चाहेको स्पष्ट पारेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *