निरोगी नेपाल यो सरकारको मुख्य स्वास्थ्य नीति हुनेछ : प्रधानमन्त्री ओली

 

तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति हुने बताएका छन् । प्रतिनिधि सभामा आज विश्वासको मत लिने क्रममा उनले सरकारको पाँच प्राथमिकता सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन् ।

सो क्रममा उनले निरोगी नेपाल बनाउन निरोधात्मक र प्रतिरोधात्मक दुबै पद्धती अवलम्बन गरिने बताए । ‘गर्भवती महिला जेष्ठ नागरिक फरक क्षमता भएका नागरिक, वेसाहारा नागरिकको स्वास्थ्योपचार तथा पालन पोषणको जिम्मा सरकारले लिनेछ,’ संसद बैठकमा उनले भने ।

ओली गत ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

अहिले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफल भइरहेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *