स्वास्थ्य बीमाको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री ओलीलाई एमालेको सुझाव

काठमाडौँ, ४ साउन । प्रमुख सत्ता घटक नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता र दायरा बिस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई पार्टीको पार्टीका विभिन्न विभागले तयार पारेको सुझाव पेश गर्ने क्रममा स्वास्थ्य बीमालाई प्रभावकारी सञ्चालन गर्नका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा आज आयोजित कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको विभिन्न विभागले तयार गरेको सुझाव पढेर सुनाएका थिए । सोही क्रममा स्वास्थ्यविभागले दिएको सुझावमा उनले स्वास्थ्य बीमाको कुरा उठाएका हुन् ।

‘नागरिकहरुको मौलिक अधिकारको रुपमा रहेको आधारभूत स्वास्थ्यको प्रत्याभूतिका लागि स्वास्थ्य वीमाको प्रभावकारिता र दायरा विस्तार गर्न आवश्यक छ । आधारभूति अस्पतालको निर्माण र सञ्चालनमा तिब्रता दिनु पर्ने छ । एकीकृत अभिलेख प्रणाली राख्नु पर्ने, किशोर किशोरीको स्वास्थ्य रक्षा तथा नयाँ चुनौतिको रुपमा रहेको नसर्ने रोगको रोकथामका लागि विशेष सूझावहरु दिइएको छ,’ एमालेले गठन गरेको सुझाव कार्यदलले तयार पारेको २३३ पेज लामो सुझाव पत्रको निस्कर्ष बाचन गर्ने क्रममा उपमहासचिव ज्ञवालीले भने ।

सम्छिप्त रुपमा बाचन गरेपछि महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीलाई सुझाव हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री ओलीले दिइएका सुझावहरु गहन अध्ययन गरी सरकारले कार्यान्वयनमा ल्याउने आश्वासन दिए । उनले आफ्नो कार्य सम्पादनका लागि यसरी आएको सुझाव सहयोगी बन्ने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *