फेरी कोभिड-१९ को संक्रमणमा परे अमेरिकी राष्ट्रपति जो बाइडेन

वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ को संक्रमण भएको छ । संक्रमण सगै बाइडेनलाई हल्का लक्षण देखिएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पायरले संक्रमण पछि बाइडेलाई भ्याक्सिन लगाइएको बताएका छन् । ८१ बर्षका उनलाई यसअघि पनि दुई पटक संक्रमण देखिएको थियो ।

त्यसो त बाइडेन गत बुधबार बिहान लस भेगासमा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका थिए । राति भने उनले आफ्नो क्याम्पेन मन्तव्य रद्ध गरेका थिए ।

प्रेस सेक्रेटरीका अनुसार राष्ट्रपति उनको डेलावरस्थित आफ्नो घरमा आइसोलेसनमा बस्ने छन् । उनका चिकित्सक केभिन ओ कोन्नरका अनुसार राष्ट्रपतिलाई अपर रेस्पिरटरी सिम्टम जसमा नाक रसिलो र खोकीको अवस्था देखिएकाले प्याक्सलोभिड औषधिको पहिलो डोज दिइएको छ ।

गएको जुन अन्तिममा राष्ट्रपति पदका अर्का उमेदवार डोनाल्ड ट्रम्पसँगको डिबेटमा उनको प्रस्तुति कमजोर भएको भनेर आफ्नै पार्टी डेमोक्रयाटका धेरै नेता कार्यकताबाट उनलाई उमेदवारी छोड्न दबाब परिरहेका बेलामा राष्ट्रपति बिरामी परेको बीबीसीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *