होमियोप्याथिक चिकित्सा र यसको बढ्दो प्रभावकारिता

 

होमियोप्याथिक चिकित्साको प्रभावकारिता अहिले संसारभर बढ्दो छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश साथै युरोपका बिभिन्न राष्ट्रहरु जस्तै जर्मनी,बेलायत, ईटालीमा यसको माग बढ्दो छ।

भारतमा होमियोप्याथिक सेवाका प्रयोगकर्ता दिनानु दिन बढ्ने क्रममा छन् । त्यहाँ दर्ता  भएका चिकित्सक २ लाख भन्दा माथि छन् र प्रत्येक वर्ष हजारको संख्यामा थप भईरहेका छन्।

त्यसको अनुपातमा नेपालमा धेरै कम चिकित्सक रहेका छन्। तर, जनमानसमा होमियोप्याथिक चिकित्सा पद्दतिबारे सचेतना र यसको उपयोगिता बारे राम्रो ज्ञान विकास भैरहेको छ।

नेपालको तराई क्षेत्रमा होमियोप्याथिक चिकित्सा बारे राम्रो प्रचार प्रसार रहेको छ र यहाँ निजी स्तरमा थुप्रै क्लिनिक तथा फार्मेसी छन् जहाँबाट जनताले होमियोप्याथिक सेवा आफ्ना शारीरिक तथा मानसिक समस्याका लागि प्रयोगमा ल्याईरहेका छन्।

नेपाल भर होमियोप्याथिक अस्पतालका रुपमा पशुपति होमियोप्याथिक चिकित्सालय रहेको छ जुन हरिहर भवन,पुल्चोकमा रहेको छ । यस अस्पतालमा पनि दिनको २०० देखि ३०० बिरामीको चाप रहेको छ।

यहाँ सम्पूर्ण समस्या जस्तै वंशानुगत समस्या, हाडजोर्नी ,ग्यासट्राईटिस,छाला सम्बन्धि,नाक काँन घाँटी ,स्वास प्रस्वास,मुटु रोग,मानसिक समस्या आदिको होमियोप्याथिक पद्दतिबाट उपचार गरिन्छ।

यस अस्पतालले निकट भविस्यमा IPD, Pharmacy, Laboratory, Yoga, जस्ता अन्य सेवा सुविधा थप गर्ने योजनामा छ। यसले गर्दा होमियोप्याथिक चिकित्साबाट जनताले थप प्रभावशाली उपचार पाउने छन्।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नेपाल सरकार ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि होमियोप्याथिक चिकित्सा विधालाई नेपाली जनतासामु पुर्‍याउन कार्ययोजना बनाई त्यस अनुरुप गृहकार्य गरिरहेको छ।

होमियोप्याथिक चिकित्सा पद्दति आधारभुत स्वास्थ्य सेवामा पनि समावेश रहेकोले निकट भविस्यमा स्थानिय तहबाट संचालनमा ल्याउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग गृहकार्य गरिरहेको छ।

अहिले विश्व स्वास्थ्य संगठन (WHO)ले नसर्ने रोगहरु जस्तै Heart Attack, Stroke, Asthma, Cancer, Diabetes इत्यादि सम्बन्धि अभियानका रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ र नेपाल सरकार सँग समन्वय पनि गर्दै आएको छ। यस्ता किसिमका नसर्ने रोगहरुमा पनि होमियोप्याथिक चिकित्सा पद्दति अत्यन्तै प्रभावकारी सिद्द हुन सक्दछ।

शारीरिक रुपमा क्रियाशिलताको कमीले,अव्यवस्थित खानपानले गर्दा यस्ता नसर्ने रोगहरु विश्वब्यापी रुपमा फैलिरहेको छ।रोग लाग्नु आगाडी नै क्रियाशील जीवनशैली ,व्यवस्थित खानपान र होमियोप्याथिक चिकित्सकको सल्लाह र निगरानीमा होमियोप्याथिक औषधिको सेवन गर्न सकियो भने भविस्यमा देखा पर्ने यस्ता नसर्ने रोगहरुबाट समयमै बच्न र रोकथाम गर्न सकिने छ।

भर्खरै मात्र विश्वभर फैलिएको कोरोना भाईरस (Covid-19) जस्तो महामारीमा पनि होमियोप्याथिक औषधिको प्रभावकारिता धेरै राम्रो सावित भएको छ। धेरै भन्दा धेरै रास्ट्रहरुले होमियोप्याथिक औषधिको प्रयोग गरेका छन्।

मित्र रास्ट्र भारत, पाकिस्तान, बंगलादेश साथै नेपाल सरकार,आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले पनि प्रोटोकोल जारि गरेर होमियोप्याथिक औषधि वितरण गरेको थियो र धेरै भन्दा धेरै बिरामीले यसको लाभ पनि लिन सकेका थिए। बिरामीले यस्ता औषधि सेवन गर्दा सम्बन्धित चिकित्सकको परामर्श अनुसार सेवन गर्न जरुरी हुन्छ । यसोगर्दा बढी भन्दा बढी फाईदा लिन सकिन्छ।

जथाभावी वितरण गरिएको औषधि सेवन गर्न हुदैन।यस्ता किसिमका अन्य महामारी जस्तै डेंगी,हैंजाका बेलामा पनि होमियोप्याथिक औषधि को प्रयोग गरिएको पाईएको छ र धेरै नै प्रभावकारी सावित भएको छ। साथै अपरेसन गर्नु पर्ने धेरै जस्तो रोगमा जस्तै पथरिया, पायल्स, हर्निया, गाँठागुठी (Tumors, Cyst), प्रोस्टाईटिसमा पनि होमियोप्याथिक औषधि उपयुक्त हुन्छ।

औषधिको माध्यमबाट नै यस्ता समस्या समाधान हुने गर्दछ। यसले गर्दा ठूलाठूला अपरेसन को जटिलताबाट बच्न मद्दत मिल्दछ।  र,  बिरामीलाई अफ्ट्यारो र असजिलो स्थितीबाट गुज्रन केही हदसम्म राहत मिल्दछ।

के हो होमियोप्याथिक चिकित्सा विज्ञान ?

  • सन् १७९६मा जर्मनीका डाक्टर सेमुवल क्रीस्चियन फेडरिक हैनिमेनले प्रतिपादन गर्नु भएको चिकित्सा विज्ञान हो होमियोप्याथि।
  • होमियोप्याथिक पद्दतिमा रोगको हैन रोगीको उपचार गरिन्छ।
  • एक पटकमा एउटा औषधीको मात्र प्रयोग गरिन्छ(Minimum Dose)।
  • बिरामीको सम्पूर्ण लक्षण अनुसार औषधि चयन गरी रोगीको उपचार गरिन्छ।
  • होमियोप्याथिक औषधिहरुको Drug Proving गरिएको हुन्छ।
  • औषधिजन्य पदार्थलाई धेरै पटक Dilution र Succession गरी Potentization प्रक्रियाबाट होमियोप्याथिक औषधि बनाईने भएकोले सामान्यता कुप्रभाव(Side Effect) हुँदैंन।
  • होमियोप्याथिक औषधि स्वस्थ्य मानिसमा प्रमाणित गरिएको हुन्छ।
  • उपचारको क्रममा रोगको मूल कारणलाई (Miasma) पत्ता लगाई उपचार गरिन्छ।
  • यो चिकित्सा प्रणाली प्राकृतिक सिद्धान्तमा आधारित छ।जुन सिमिलिया सिमिलिबस क्युरेन्टर (Similia Similibus  Curenture)को सिद्घान्तमा आधारित छ। अर्थात् समानले समानलाई निको गर्दछ (Likes Cures Likes), ‘फलाम काट्न फलाम नै चाहिन्छ” भन्ने मान्यतामा यो चिकित्सा बिज्ञान रहेको छ। यसका आफ्नै नियम,दर्शन र विधिहरु छन् ।
  • यो चिकित्सा पद्दति मानसिक,शारीरिक,आध्यात्मिक सबै पाटोमा आधारित रहेको छ।
  • सबै उमेर,लिङ्ग तथा बच्चा अवस्था देखिनै औषधि सेवन गर्न सकिन्छ।# होमियोप्याथिक चिकित्सक डा. गुरागाईँ हाल आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकुमा होमियोप्याथिक शाखा प्रमुखको रुपमा कार्यरत छिन् । 
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *