सावधान ! नेपालमा पनि आउन सक्छ जिका भाइरस, बन्न सक्छ जनस्वास्थ्यको समस्या
जिका भाइरस लामखुट्टेबाट सर्ने भाइरस हो । सन् १९४७ मा पहिलो पटक युगान्डामा Rhesus Macaque बाँदरमा पहिचान भएको थियो र त्यसपछि सन् १९५० को दशकमा अन्य अफ्रिकी देशहरूमा यो भाइरसको संक्रमण फैलिएको पाइन्छ ।
सन् १९६० देखि १९८० सम्म अफ्रिका र एशिया महादेशभरि फाट्टफुट्ट मानवमा संक्रमण पत्ता लगाइयो। सन् २००७ देखि अफ्रिका, अमेरिका, एशिया र प्रशान्त क्षेत्रमा जिका भाइरस रोगको प्रकोप रेकर्ड गरिएको छ।
पछिल्लो दशकमा जिका भाइरस संक्रमणको प्रकोपमा जिका भाइरस संक्रमणले वयस्क र बच्चाहरुमा Guillain-Barre syndrome (शरीरको प्रतिरक्षा प्रणाली स्नायुहरूमा आक्रमण गरि यसले कमजोरी, सुन्न वा पक्षाघात निम्त्याउन सक्ने) सम्बन्धित रहेको पाइएको थियो।
सन् २०१७ मा जब ब्राजिलमा ठूलो महामारीको साथ जिका भाइरस देखा पर्यो, जिका भाइरस संक्रमण र माइक्रोसेफली (सामान्य टाउकोको आकार भन्दा सानो) बीचको सम्बन्धलाई पहिलो पटक वर्णन गरिएको थियो । अमेरिका र अन्य क्षेत्रहरूमा स्थापित एडिस एजिप्टाई लामखुट्टेको साथ पहिचान गरिएको थियो ।
त्यसो त जिका भाइरसको संक्रमण सन् २०१७ पछि विश्वव्यापी रूपमा घटेको पाइन्छ । तर छिटफुट रुपमा अहिले पनि देखिने गरेको छ । छिमेकी मुलुक भारतमा त धेरै पछि अर्थात सन् २०२१ मा भारतमा जिका भाइरस प्रकोप पत्ता लागेको थियो। यस्तै युरोपमा सन् २०१९ पछि मात्रै ।
आजसम्म जम्मा ८९ देश र क्षेत्रहरूले लामखुट्टेबाट सर्ने जिका भाइरस संक्रमणको प्रमाण रिपोर्ट गरेका छन् । त्यसैले जीका भाइरस संक्रमणको निगरानी विश्वव्यापी रूपमा रहन्छ।
मुख्य तथ्यहरू
- जिका भाइरस मुख्यतया दिनको समयमा टोक्ने एडिस लामखुट्टेबाट सर्छ।
- गर्भवती आमाले गर्भावस्थामा वा बच्चा जन्माउने समयमा पनि यो रोग सर्न सक्छ । रगत चढाएर यो रोग सरेको रिपोर्ट पनि छ। योन सम्पर्कबाट पनि जीका भाइरस सर्न सक्छ ।
- जिका भाइरस संक्रमण भएका अधिकांश मानिसहरूमा लक्षणहरू विकास हुदैनन्, सामान्यतया छालामा दाग देखा पर्ने, ज्वरो आउने, आखामा समस्या, मांसपेशी र जोर्नी दुख्ने, टाउको दुख्ने र अस्वस्थ हुने लगायतका लक्षणहरू हुन्छन् जुन २-७ दिनसम्म रहन्छ।
- गर्भावस्थाको समयमा जिका भाइरसको संक्रमणले बच्चाहरूलाई टाउको सानो हुने समस्या -Microcephaly र Congenital malformations as well as preterm birth and miscarriage समेत हुन् सक्छ।
- जिका भाइरस संक्रमणले वयस्क र बच्चाहरुमा Guillain-Barre syndrome(शरीरको प्रतिरक्षा प्रणाली स्नायुहरूमा आक्रमण गरि यसले कमजोरी, सुन्न वा पक्षाघात निम्त्याउन सक्छ), neuropathy (हात खुट्टा झमझमाउने) र myelitis (स्पाइनल कर्डको सुजन) संग सम्बन्धित छ।
- February 2016 मा WHO ले गर्भावस्थाको समयमा जिका भाइरसको संक्रमणले बच्चाहरूलाई टाउको सानो हुने समस्यालाई जनस्वास्थ्य समस्याको रुपमा घोषणा गरेको थियो -Zika-related microcephaly a Public Health Emergency of International Concern (PHEIC), र जीका भाइरस र जन्मजात विकृतिहरू बीचको तथ्य पुष्टि पनि भएको थियो भने WHO ले सोही वर्षको November मा जनस्वास्थ्य समस्या –PHEIC अन्त्यको घोषणा समेत गरेको थियो ।
- जिका भाइरस रोगका घटनाहरू २०१७ देखि विश्वव्यापी रूपमा घटेको छ, तर भारत अमेरिका र अन्य स्थानीय क्षेत्रहरूमा धेरै देशहरूमा प्रसारण स्तरमा रहेको छ ।
जीका भाइरस संक्रमण भए के हुन्छ ?
जीका भाइरस संक्रमण भएका पाच जनाहरु मध्य १ जनामा Guillain-Barre syndrome प्रायः खुट्टा र खुट्टामा सुरु हुने र माथिल्लो शरीर र हातहरूमा फैलिने र कमजोरीको साथ सुरु हुन्छ। केही व्यक्तिहरूले हात वा अनुहारमा पहिलो लक्षणहरू देख्छन् । Guillain-Barre syndrome बढ्दै जाँदा, मांसपेशी कमजोर र पक्षाघातमा परिणत हुन सक्छ।
यस्तै,
- हात, खुट्टा र नाडीका जोर्नीहरुमा पिनले घोचे जस्तो दुखाइ महसुस हुन्छ ।
- खुट्टामा कमजोरी महसुस हुन्छ जुन शरीरको माथिल्लो भागमा फैलिन्छ।
- हिँड्न वा सिँढी चढ्न नसक्ने हुन्छ ।
- बोल्ने, चपाउने वा निल्ने लगायत अनुहारको चालमा समस्या आउछ ।
- दोहोरो दृष्टि वा आँखा चलाउन कठिन हुन्छ ।
- गहिरो दुखाइ हुन्छ जुन दुखाइ संगै खुट्टामा मासु फर्किने र रातमा अझ बढी खराब हुने हुन्छ ।
- पिसाब रोक्न र पेटमा समस्या आउँन सक्छ ।
- धड्कन बढ्छ ।
- रक्तचाप कम वा उच्च हुनसक्छ ।
- सास फेर्न समस्या हुनसक्छ ।
- Guillain-Barre सिन्ड्रोम भएका मानिसहरू सामान्यतया लक्षणहरू सुरु भएको दुई हप्ता भित्रमा उनीहरूको सबैभन्दा धेरै कमजोरी अनुभव गर्छन्।
उपचार
जिका भाइरस संक्रमण वा रोगको लागि कुनै विशेष उपचार उपलब्ध छैन। दाग, ज्वरो वा जोर्नी दुख्ने जस्ता लक्षणहरू भएका मानिसहरूले प्रशस्त आराम र तरल पदार्थ पिउनुपर्छ र ज्वरो कम गर्न र दुखाइ कम गर्न पारासिटामोल लिनुपर्छ।
जिका संक्रमण भएको क्षेत्रहरूमा बस्ने गर्भवती महिलाहरूले वा जिका भाइरस संक्रमणका लक्षणहरू देखा परेकाहरूले प्रयोगशाला परीक्षण, जानकारी, परामर्श र गरिरहनुपर्छ।
रोकथाम
हाल, जिका भाइरस संक्रमणका विरूद्ध कुनै प्रभावकारी खोप उपलब्ध छैन। जिका भाइरसको संक्रमणलाई रोक्न, सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको तीव्र वृद्धिलाई रोक्न जनचेतना जगाउनु पर्छ । सर्वसाधारण नागरिकलाई लाई जिका भाइरसको यौन सम्पर्कबाट हुने प्रसारण रोक्नका लागि सावधानी अपनाउन पनि सुझाव दिनुपर्छ।
गर्भवती महिला र भ्रुणमा जिका संक्रमणको प्रभाव विकसित भइरहेने हुँदा, तपाईंलाई नवीनतम जानकारी लिन सुझाव दिनुपर्छ।
गर्भवती महिला र गर्भावस्थाको तयारीमा रहेका महिलाहरूले ध्यान दिनुपर्ने विशेष कुराहरू
• जिका भाइरस प्रसारण भएको क्षेत्रहरूमा यात्रा गर्नुहुँदैन ।
• यीमध्ये कुनै पनि क्षेत्रमा यात्रा गर्नुपर्ने व्यक्तिले यात्रा गर्नुभन्दा कम्तीमा छ हप्ताअघि चिकित्सकसँग परामर्शको व्यवस्था मिलाउनुपर्छ ।
• गर्भवति महिलासहित सबै यात्रुहरूलाई यात्रा गर्दाको समय र ती क्षेत्रहरूबाट फर्किँदा कम्तीमा २१ दिनको लागि DEET सहितको लामखुट्टे भगाउने मलमको प्रयोगको लागि सुझाव दिनुपर्छ ।
• प्रसव पूर्वको चिकित्सकीय भेटमा नियमित रूपमा उपस्थित हुने र चिकित्सकलाई हालैको यात्राको इतिहासको बारेमा बताउने ।
• जिका भाइरसको संक्रमणका लक्षणहरूको अवलोकन गर्ने र अस्वस्थ महसुस भएमा जतिसक्दो छिटो चिकित्सकको सुझाव-सल्लाह लिने।
• प्रभावित क्षेत्रहरूमा यात्रा गरेको आफ्नो जीवनसाथीसँग यौन सम्पर्कबाट टाढा रहने वा गर्भावस्थाभर यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्न ।
A. यात्रुहरूले प्रभावित क्षेत्रहरूको यात्राको दौरानमा यौन सम्पर्क गर्नुहुँदैन वा अन्यथा कण्डमको प्रयोग गर्नुपर्छ ।
B. प्रभावित क्षेत्रहरूबाट फर्किने पुरुष वा महिला यात्रुहरू फर्किए पश्चात क्रमानुसार कम्तीमा ३ महिना र २ महिनाका लागि यौन सम्पर्कबाट टाढा रहनुपर्छ वा अन्यथा कण्डमको प्रयोग गर्नुपर्छ ।
C. गर्भावस्थाको तयारीमा रहेका महिलाहरूले माथिका बिन्दु A र B ध्यानमा राख्नुपर्छ।
उनीहरूले वा उनीहरूका पुरुष यौन साथीहरूले प्रभावित क्षेत्रहरूमा यात्रा गर्ने योजना बनाएमा, उनीहरूले जोखिम बारेमा सुझाव-सल्लाहका लागि चिकित्सकसँग परामर्श लिनुपर्छ।
अन्त्यमा
नेपाल विश्वमा धेरै जनसंख्या भएको देश भारत जहा तीन तिर खुल्ला सिमानाले गर्दा नेपालमा आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरूलाई आवतजावत गर्न खुल्ला सिमानाले सहज बनाइरहेको छ ।
दक्षिणतर्फ खुला सिमाना भएका कारण अनुचित रूपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको स्थिति छ ।
सबैभन्दा बढी पर्यटक भारतबाट (२१ प्रतिशत) आउने गरेका छन् भने चीनबाट १४ प्रतिशत आउने गरेका छन् ।
लाखौंको सङ्ख्यामा नेपालीहरू भारतीय भूमिमा कार्यरत छन् । श्रमिक देखि व्यापार, सेना, प्रहरी, अस्पताल, शिक्षण संस्थाहरू लगायत सिने जगतमा सम्म पनि नेपालीहरू संलग्न रहेका छन् । यसै गरि भारतीय कामदारहरु पनि नेपाली बजारमा छ्याप्छ्याप्ती भेटिन्छन । यी मान्छेहरु आउजाउ गर्दा सरुवा रोग संग संगै आउने जाने निश्चित छ ।
कोभिड -१९ महामारीको समयमा त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल (TIA) Health Desk, नेपाल–भारतबीचका २२ ओटा नाकामा स्थापित र उत्तरी क्षेत्र चीनका नाकामा स्थापना भएका २ Health Desk स्वास्थ्यकर्मी सहित पुन: संचालन गर्नु पर्ने देखिन्छ ।
जीका भाइरस लगाएत अन्य सरुवा रोग महमारी रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय र मातहतका निकायले समयमा ध्यान नदिए जनस्वास्थ्य समस्याको रुपमा नआउला भन्न सकिदैन।
सम्पर्क इमेल : [email protected]