स्वास्थ्य मन्त्री प्रदीप पौडेलका स्वास्थ्यमा प्राथमिकता के के छन् ? (भिडियो)

काठमाडौँ, १ साउन । नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि समय तोकेर कार्य अघि बढाउने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदवहाली गरेपछि पत्रकारसंग प्रतिक्रिया दिदै आफूले स्वास्थ्य क्षेत्रका सबैपक्षलाई समेटेर लैजाने र परिणाममुखी कार्य गर्ने बताएका छन् ।

अस्पतालका सेवामा सुधार, स्वास्थ्य बीमामा कार्यक्रमलाई प्रभावकारी बनाउने, नसर्ने रोग नियन्त्रणका लागि गर्नु पर्ने कार्य लगायतमा विज्ञ तथा सरोकारसंग छलफल गरि अघि बढ्ने समेत बताए ।

मन्त्री पौडेलले अल्प, मध्यम र दीर्घकालिन कार्ययोजना गराई काम गर्ने समेत जानकारी दिए ।

आफ्ना प्राथमिकता व्यक्त गर्दै नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेल :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *