नव नियुक्त स्वास्थ्य मन्त्री पौडेलले कर्मचारीहरुलाई भने, ‘उत्साह बोकेर आएको छु साथ दिनुहोला’

काठमाडौं, ३१ असार । नव नियुक्त स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्रालयमा आफू उत्साहका साथ आएको भन्दै आफ्नो उत्साहलाई साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

पदवहाली पछि कर्मचारीसंग परिचयात्मक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्री पौडेलले भने, ‘देशमा सबै तिर निरासा छ, केही गरेको सन्देश छोड्न चाहन्छु, त्यसका लागि लामो अनुभव, अध्ययन भएका सबैसँग सहकार्य गरेर अघि बढ्छु।’

‘नेपाल सरकारको मन्त्रालय मध्येमा विधि र पद्धति सिकाउने मन्त्रालयमा आएको छु, यहाँ राजनीतिक लिगेसी पनि देखिदैन, स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु,मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला, सुटुक्क भन्नुहोला, आफ्नो बुद्धि बिबेक, अनुभव र क्षमताका आधारमा भन्नुहोला। यहाँ ठुला कुरा गर्न समस्या होला, तर सानासाना काम गर्छु, नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने कसरी बनाउन सकिन्छ त्यता तर्फ लाग्छु, सबैको क्यापासिटी लगाउँ, म निर्देशन दिने तिर होइन मिलेर काम गर्ने तिर लाग्छु, साझा उद्देश्य पूरा गर्ने तिर आफ्नो जिम्मेवारी सम्झेर सबै लागौं। मलाई सिकाउनु होला सिकाउनुहोला।’ छलफल कार्यक्रममा उनले भने ।

सो क्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगती गर्नेमा आफू ढुक्क रहेको र त्यसका लागी मन्त्रालयका सिंगो कर्मचारीले साथ दिने प्रतिवद्धता जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *