विदेश :

सुगुरको मिर्गौला र ‘कृतिम मुटु’ प्रत्यारोपण गरिएकी महिलाको मृत्यु

एजेन्सी  । सुगुरको मिर्गौला प्रत्यारोपण गरिएकी दोस्रो महिलाको पनि मृत्यु भएको छ । लिसा पिसोना नाम गरेकी ती अमेरिकी महिलामा मुटु समेत मेकानिकल राखिएको थियो ।

न्यूयोर्कको ल्याङ्गोन ट्रान्सप्लान्ट इन्स्टिच्युटका चिकित्सकहरुले मंगलबार उनको मृत्यु भएको पुष्टि गरे ।

त्यसो त मंगलबार उनको मृत्यु भएको घोषणा गरे पनि अनुवांशिक रुपमा परिमार्जित सुगुरको मिर्गौला भने प्रत्यारोपण गरिएको ४७ दिनमै उनको शरीरबाट हटाउनु परेको थियो । त्यसपछि पनि उनी ४३ दिन बाच्न सफल भईन् । शरीरबाट मिर्गौला हटाएपछि भने उनले डायलासिस लिनु परेको थियो ।

यसअघि पहिलो पटक अमेरिकामा १६ मार्च २०२४ का दिन एक व्यक्तिमा अनुवांशिक परिमार्जन गरिएको सुगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी सुगुरको मिर्गौलाको साहारामा दुई महिनासम्म बाँचेका थिए ।

यी महिला त्यसैगरी सुगुरको मिर्गौला प्रत्यारोपण गराउने दोस्रो व्यक्ति हुन् । तर उनमा सुगुरको मिर्गौला प्रत्यारोपण गर्नु अघि मेकानिकल हार्ट पम्प डिभाइस (एलभीएडी) प्रत्यारोपण गरिएको थियो ।

४ अप्रिलमा उनको शरीरमा मेकानिकल मुटु (एलभीएडी) जडान भएको थियो । मेकानिकल हार्ट पम्पबाट मानिसमा अंग प्रत्यारोपण विश्वकै पहिलो केश भएको बताइएको छ ।

‘४ अप्रिलमा उनको शरीरमा मेकानिकल हार्ट पम्प डिभाइस जडान गरियो । १२ अप्रिलमा अनुवांशिक परिवर्तन गरिएको सुगुरको मिर्गौला प्रत्यारोपण गरियो ।’

चिकित्सकहरुले केही दिनसम्म प्रत्यारोपित सुगुरको मिर्गौलाले राम्ररी काम गरेको र फेल हुने सम्भावना नदेखिएको बताएका थिए । तर उनीहरुले मेकानिकल हार्ट पम्पले भने राम्रोसंग रगत आपूर्ति गर्न नसकेको बताएका थिए । जब २७ मे मा उनको शरीरबाट प्रत्यारोपित मिर्गौलाले काम नगरी हटाइयो । मेकानिकल हार्ट पम्पले राम्ररी काम गर्न थालेको थियो ।

एनवाईयू ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक डा रोबर्ट मोन्टगोमेरीले लिसा परोपकारी र साहसी महिला भन्दै यसले चिकित्सा विज्ञानका लागि ठूलो योगदान दिएको बताए । उनले लिसाको ट्रान्सप्लान्टले थप जानकारी मिलेको भन्दै यसले अंग प्रत्यारोपणमा ठूलो सफलता भएको समेत दावी गरे ।

ट्रान्सप्लान्ट गर्नु अघि लिसाले उपचारका लागि सबै प्रयास गरिसकेको र अन्तिम प्रयास स्वरुप अनुवांशिक गरिएको सुगुरको मिर्गौला प्रत्यारोपण गर्ने र बाँकी समय नातिनीहरुसंग विताउन चाहेको भनेकी थिईन ।

नातिनी ओलिभियाले हजुर आमामा गरिएको प्रत्यारोपणले पुरा फाइदा नदिए पनि चिकित्सा विज्ञानका लागि ठूलो सिकाई भएको बताईन् । उनले भविस्यमा हुने प्रत्यारोपणको विकासका लागि समेत ठूलो मद्धत पुगेको बताईन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *