स्वास्थ्य राज्यमन्त्री खान भन्छिन् – ‘ला ! होर ? मलाई त थाहा छैन…….’

काठमाडौँ, २१ असार । जनता समाजबादी पार्टीको निर्णयपछि स्वास्थ्य मन्त्री प्रदीप यादवले पदबाट राजिनामा बुझाई सकेका छन् । तर, सोही पार्टीबाट स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेकी हसिना खानले राजिनामाको विषयमा अनभिग्यता प्रकट गरेकी छन् ।

‘तपाईँले पनि राजिनामा दिनु भएको हो ?’ नेपाली हेल्थको प्रश्नमा उनले भनिन्,  ‘मैले राजिनामा किन दिने ? म त यहाँ नेपालगञ्ज आएकी छु ।’

‘अनि पार्टीले त सरकारबाट बाहिरिने निर्णय गरिसक्यो त, स्वास्थ्य मन्त्री प्रदिप यादवले पनि राजिनामा दिई सक्नु भएको छ ? हजुरले के गर्नु हुन्छ ?’ नेपाली हेल्थको दोस्रो प्रश्नमा त उनले झन् आश्चर्य भावमा प्रतिप्रश्न सोधिन, ‘ला ! होर ? हेर्नु न म त यता नेपालगञ्ज आएको,  केही अपडेट नै भएको छैन् । पार्टीले पनि बाहिरिने घोषणा गरिसकेको हो र ?

उनले राजनीतिक विकास क्रम फेरिएको हो भने पार्टीका साथीहरुसंग सल्लाह गरेर आवश्यक कदम चाल्ने बताईन् । ‘अब केही क्षणमा नेता साथीहरुसंग जानकारी लिन्छु र त्यसपछि मात्रै भन्छु’ उनले भनिन् ।

जसपाबाट समानुपातिक कोटामा सांसद बनेकी खान पनि गत ३१ बैशाखमा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी थिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *