सर्पले टोकिहाले के गर्ने ?

काठमाडौँ, २१ असार । गर्मी संगै मनसुनको बेला छ । विशेषगरी तराई तथा पहाडी क्षेत्रमा यो समय सर्प देखिन्छन् । यहि सिजनमा सर्पले टोक्ने समस्या सर्पदंश पनि बढी हुने गरेको छ ।

कतिपय विषालु सर्पको डसाईले तथा आवश्यक सतकर्ता तथा सावधानी नपुग्दा मानिसहरुको ज्यानै जाने गरेको छ ।

सर्पले टोकिहाले के गर्ने ?

  • डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने ।
  • सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने र बाध्ने आदि नगर्ने ।
  • मलम रसायनिक पदार्थ, तातो चिसो प्रयोग नगर्ने ।
  • सर्पको डसाईमा परेका व्यक्तिले आत्मविश्वास कायम राख्ने, त्यसका लागि बातावरण मिलाउने ।
  • धामी झाँक्रीतिर नलाग्ने ।
  • विष सोस्ने ढुंगाको पछि नलाग्ने ।
  • सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने
  • जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा पुरयाउने ।

सर्पको टोकाईबाट जोगिन के गर्ने ?

  • राती हिड्नु परे टर्च लाइट लिएर हिड्ने ।
  • खुट्टा राम्ररी छोप्ने बाग्लो प्यान्ट लगाउने ।
  • जुत्ता वा गमबुट लगाउने ।
  • घर वरपरको घाँस, झारपात काटेर सफा राख्ने ।
  • जमिनमा दुलाहरु टाल्ने ।
  • पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
  • सुत्नु अघि छोच्छ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने ।
  • सधै झुल टाँगेर सुत्ने ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *