भारतमा बढ्न थाल्यो जिका भाइरसको संक्रमण, अहिलेसम्म ८ जनामा पोजेटिभ

नयाँ दिल्ली । भारतमा जिका भाइरसको संक्रमण देखिन थालेको छ । पश्चिमी राज्य महाराष्ट्रमा अहिलेसम्म जिका भाइरस संक्रमणको आठ केश रेकर्ड गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार बुधबारसम्म पुणेमा छ जनामा, अहमदनगर र कोल्हापुर जिल्लामा एक–एक जनामा गरी कुल ८ जनामा संक्रमण पुष्टि भएको हो ।

नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआइभी) का अधिकारीहरूले देशभरबाट एक सय छ नमूनाहरू प्राप्त गरेको र अहिलेसम्म आठ जनामा जिका भाइरस पोजेटिभ पाइएको बताए ।

यसैबीच मंगलबार साँझ पुणेमा ५५ वर्षीया महिलामा जिका भाइरसको संक्रमण भेटिएपछि संक्रमितको सङ्ख्या सात पुगेको छ। तर, पहिले पोजेटिभ भनिएको एउटा केस पछि नेगेटिभ पाइएको थियो।

भारतमा जुन २६ मा जिका भाइरस संक्रमणको पहिलो केस एरन्डवानेमा रिपोर्ट गरिएको थियो। त्यहाँ ४६ वर्षीय चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसपछि उनको १५ वर्षीया छोरीमा पनि पोजेटिभ देखिएको छ।

संक्रमितको संख्या दिन प्रतिदिन थपिदै जाँदा स्वास्थ्य अधिकारीहरूमा चिन्ता बढेको छ। यद्यपि एनआइभीका अधिकारीहरूले महाराष्ट्रमा जिकाका केसहरू देखेर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

यसैबीच, पुणे नगर निगमले निगरानीलाई तीव्र पारेको र हालसम्म पुणे सहरको अपमार्केट आवासीय छिमेक कोथरुडमा १४ हजार तीन सय १४ जनामा सर्वेक्षण गरेको छ।

अधिकारीहरूले दुई सय घरमा लामखुट्टे प्रजनन स्थलहरू पत्ता लगाइएको बताएका थिए। लामखुट्टेको प्रजनन रोक्न सतर्कता अपनाउन फगिङ र फ्युमिगेशनको काम थालिएको छ।

राम्ररी नढाकिएका पानीको कन्टेनरहरू खाली गर्न नागरिक निकायका अधिकारीहरूले बासिन्दाहरूलाई आग्रह गरेका छन्।

जिका भाइरस के हो ?

जिका लामखुट्टेबाट सर्ने भाइरस हो। यो रोग एक हल्का, आत्म–सीमित रोग हो र यो ज्वरो, दाग र जोर्नी दुखाइसँगै सुरु हुन्छ।

जिका भाइरस संक्रमणले अहिलेसम्म विश्वका करीव ३० देशमा असर गरेको छ । जहाँ बच्चाहरू असामान्यरूपमा सानो टाउको र प्रतिबन्धित मस्तिष्क विकासका साथ जन्मिन्छन्।

यो भाइरस लामखुट्टेको टोकाइबाट सर्ने भए पनि यो यौन सम्पर्कबाट पनि सर्छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *