काठमाडौँ महानगरले थाल्यो डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले डेंगी फैलाउने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ ।

महानगरको स्वास्थ्य विभागले डेंगी रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्न अभियानको लागि ६२२ जनाको टोली परिचालन गरेको छ ।

क्लोरिन पाउडर छर्ने, लार्भा नष्ट गर्ने र रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको विभागले जनाएको छ ।

उक्त अभियानमा ६४ जना स्वास्थ्यकर्मी र ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ  । असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

यस्तै सडकमा पानी जमेका खाल्टा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानले गरिरहेको छ ।

त्यसैगरी डेंगी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए ।

स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।

डेंगीका लक्षणहरु :

सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ३-१४ दिनभित्र रोगका लक्षणहरु देखा पर्दछ ।

  • उच्च ज्वरो
  • कडा टाउको दुख्ने
  • आँखाको गेडी पछाडी दुख्ने
  • वाकवाक लाग्ने र बान्ता हुने
  • शरीरमा राता-राता बिमिरा देखिने
  • कडा खालको देंगुमा विभिन्न जटिलताका लक्षणहरु देखिन्चन र उपचार नभएमा बेहोस भइ मृत्यु समेत हुने
  • धेरै संक्रिमित व्यक्तिहरुमा लक्षणहरु नदेखीई रोग आफै निको भएर जान्छ तथा अन्य केही लाई सामान्य रुघा लागेको जस्तो ज्वरोका लक्षणहरु मात्र देखिन्छन्
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *