सर्पले टोकिहाले के गर्ने ? के नगर्ने ?

मध्य गर्मी र बर्खाको समय छ, यो बेला तराई मधेश तथा पहाडमा बढी सर्प देखिने समय हो । तराई तथा पहाडमा सर्पको टोकाइबाट बर्षेनी थुप्रै मानिसले ज्यान गुमाई रहेका छन् ।

तसर्थ सर्पको टोकाईबाट जोगिन र टोकी हालेमा के गर्ने भन्ने बारेमा आज हामीले बताउँछौँ ।

सर्पको टोकाइबाट जोगिन के गर्ने ?

  • सकेसम्म रातीमा नहिड्ने, हिडनु परेमा टर्च लाइट वा उज्यालो बत्ती लिएर मात्रै हिड्ने ।
  • रातीमा हिड्दा जुत्ता वा गमबुट लगाउने ।
  • घर वरपरको घाँस झारपात काटेर सफा राख्ने ।
  • जमिनका दुलाहरु टाल्ने ।
  • पराल दाउरा आदि लिन जाँदा होसियारी अपनाउने ।
  • सुत्नु अघि ओछ्यान खाटमुनी र वरपर राम्ररी हेर्ने ।
  • सधै झुल टाँगेर सुत्ने ।

सर्पले टोकिहालेमा के गर्ने ?

  • टोकेको ठाँउलाई चल्न नदिई स्थिर राख्ने ।
  • सर्पले टोकेको ठाउँमा काट्ने चुस्ने बाध्ने नगर्ने ।
  • मलम र रासायनी पदार्थ तातो चिसो प्रयोग नगर्ने ।
  • विरामीको आत्मविश्वास कायम राख्नका लागि सहयोग गर्ने ।
  • धामी झाक्री तिर नलाग्ने ।
  • विष सोस्ने ढुंगाको पछि नलाग्ने ।
  • सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने ।
  • जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्र पुरयाउने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *