चिकित्सा शिक्षा आयोगले तोकिदियो शुल्क, कुन विषयको कति ?
काठमाडौँ, ११ असार । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तह र सो भन्दा माथिल्ला तहमा अध्ययन् गर्ने विद्यार्थीका लागि शुल्क विषय र तह अनुसारको शुल्क निर्धारण गरिदिएको छ ।
आयोगले गत असार ५ गते जारी गरेको सूचना अनुसार शैक्षिक सत्र २०८१–०८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर तह तथा स्नातकोत्तर तहभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरिएको जनाएको छ ।
आयोगले स्नातक तहतर्फको कार्यक्रममा एमबीबीएसको उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर ४५ लाख ९५ हजार ७२० शुल्क तोकेको छ ।
त्यस्तै, बीडीएसमा २० लाख ९२ हजार २९०, बीएस्सी नर्सिङमा १० लाख ३६ हजार शुल्क तोकिएको छ । यसैगरी, बीएस्सी एमआइटी, बीपीटी, बी। मेडिकल माइक्रोलोजी र बी। बायोकेमेस्ट्री, बीपीएच, बीफार्मेसी, विपर टेक, बीएएसएलपी लगायतको शुल्क सात लाख ७७ हजार तोकिएको छ ।
स्नातकोत्तर तहतर्फ एमएस्सी मेडिकल माइक्रोबायोलोजी र एमएस्सी मेडिकल बायोकेमेस्ट्री, एमएस्सी एमआईटी, एमएस्सी एमएलटीको सात लाख ५७ हजार ८३० तोकिएको छ ।
स्नातकोत्तर तहभन्दा माथि एमफिल क्लिनिकल साइकोलोजीको तीन लाख चार हजार २२० र डीएमको २५ लाख ९० हजार शुल्क तोकिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् शुल्क :
सम्पर्क इमेल : [email protected]