यसबर्ष डेंगी जोखिम बढ्न सक्छ सचेत रहनुहोला : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबर्ष डेंगी जोखिम बढ्न सक्ने भन्दै आम सर्वसाधारणलाई सचेत गराएको छ ।

यसवर्ष सदरद भन्दा बढी बर्षा हुने जल तथा मौसम विभागको पूर्वानुमान र यो लामखुट्टेका लागि अनुकुल बातावरण बन्न सक्ने भन्दै मन्त्रालयले सचेत गराएको हो ।

पछिल्लो ६ महिना यता देशका ७२ जिल्लामा १ हजार २४१ जनामा डेंगी देखिईसकेको छ ।

डेंगीका लक्षणहरु के के हुन् ?
डेंगी रोगको मुख्य लक्षणहरुमा उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीहरु बेस्सरी दुख्नु, आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु पर्दछन् । एक्कासी उच्च ज्वरो आउनु, बान्तामा रगत देखा पर्ने, नाक वा गिजाबाट रगत, रक्तश्राव, धेरै पेट दुखाई, श्वास प्रस्वासमा समस्या र वेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजान वा स्वास्थ्यकर्मीसंग परामर्श लिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

डेंगीबाट कसरी जोगिने ?
डेंगीबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । तसर्थ आफ्नो घर वरिपरि तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पुरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *