टेकु अस्पतालको निर्देशकमा पुन: डा. युवानिधि बसौला
काठमाडौँ, ६ असार । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा पुन: डा. युवानिधि बसौलालाई पठाइएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप यादवले तीन साता अघि कान्ति अस्पताल पठाउने आफैले गरेको निर्णयलाई सच्याउँदै डा. बसौलालाई टेकु फिर्ता गरेका छन् ।
आज विहानै अमेरिका उडेका मन्त्री यादवले हिजो मन्त्रीस्तरीय निर्णय गर्दै बसौलालाई टेकु अस्पतालको निर्देशकको जिम्मेवारी दिएका हुन् । त्यहाँ निर्देशक रहेका डा. रोशन न्यौपानेलाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ ।
यसअघि मन्त्री यादवले गत ११ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. बसौलालाई टेकुबाट कान्ति पठाएका थिए । त्यहाँ सार्क क्षयरोग केन्द्रबाट डा. न्यौपानेलेलाई ल्याएका थिए ।
सम्पर्क इमेल : [email protected]