आगामी आवका लागि स्वास्थ्यले पाएको ८६ अर्बको बजेट संघ प्रदेश र स्थानीय तहमा कसरी बाँढियो ?
काठमाडौँ, ६ असार । आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायका लागि कुल ८६ अर्ब २३ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम कुल राष्ट्रिय बजेटको ४.६४ प्रतिशत हो । यसपटक सरकारले १८ खर्व ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको राष्ट्रिय बजेट ल्याएको थियो ।
नेपाल जस्तो मुलुकले राष्ट्रिय बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्यका लागि विनियोजन गर्नु पर्ने विश्व स्वास्थ्य संगठनले धेरै अघि देखि नै सुझाव दिदै आएको हो । तर अर्थमन्त्री बर्षमान पुनले गत १५ जेठमा बजेट प्रस्तुत स्वास्थ्यको बजेटमा सुधार भएको बताएनन् । बरु उनले स्वास्थ्यको लागि भन्दै विनियोजन गरेको रकम अघिल्ला बर्ष भन्दा पनि प्रतिशत दरमा कमि हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आगामी बर्षका लागि विनियोजित स्वास्थ्य तर्फको कुल बजेटमध्ये संघ तर्फ ४६ अर्ब १४ करोड २३ लाख रुपैयाँ अर्थात कुल स्वास्थ्य बजेटको ५३.५१ प्रतिशत छुट्याइएको छ । सोही बजेटमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने रकम समेत राखिएको छ ।
यस्तै प्रदेशका लागि प्रदेश सर्शत अनुदान तर्फको कार्यक्रम आयोजना बजेट भनेर कुल ६अर्व ३७ करोड ८६ लाख रुपैयाँ अर्थात ७.४० प्रतिशत र स्थानीय तह सशर्त अनुदान तर्फको कार्यक्रम आयोजनाको बजेट ३३ अर्व ७१ करोड ८० लाख रुपैयाँ अर्थात ३९.१० प्रतिशत छुट्याइएको छ ।
यस्तै कार्यगत व्यय अनुमानमा रेड बुक अनुसार मन्त्रालयले औषधि उत्पादन उपकरण तथा औजारमा १ अर्व ४५ करोड १ लाख रुपैयाँ, बहिरंग सेवा तर्फ २ अर्व ३० करोड २२ लाख रुपैयाँ, अस्पताल सेवा तर्फ २४ अर्व ३७ करोड ४६ लाख रुपैयाँ छुट्याइएको छ ।
यसैगरी सार्वजनिक स्वास्थ्य सेवामा २० अर्व ८४ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य अनुसन्धान सेवामा ७ अर्व ८७ करोड १३ लाख रुपैयाँ र स्वास्थ्य अन्यन्त्र बर्गिकरण नभएको शीर्षकमा ४५ करोड ५१ लाख रुपैयाँ गरी कुल ५७ अर्व ३० करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सम्पर्क इमेल : [email protected]