संसदमा उठ्यो स्वास्थ्यको बजेट मुद्धा : के भन्छन् सांसदहरु ?

काठमाडौँ, ३१ जेठ । प्रतिनिधि सभाको बैठकमा आज विनियोजन विधेयक २०८१ अन्तगर्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सम्वन्धित विषयमा छलफल भयो ।

सांसदहरुले आगामी आर्थिक बर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम र आएको बजेटका विषयमा छलफल गरेका थिए ।

प्रस्तुत छ सांसदहरुले बैठकमा उठाएका स्वास्थ्यका विषयका सारांशहरु

विना लामा :
अहिले पनि ग्रामीण ा क्षेत्रका बासिन्दा सामान्य भिडियो एक्सरे गर्न हेलिकोप्टर रिजर्व गरेर शहर आउनु पर्ने बाध्यता छ । ग्रामीण क्षेत्रमा भिडियो एक्सरेको व्यवस्था हुनु पर्दछ । कम्तिमा एउटा पालिकामा एउटा भिडियो एक्सरे सेवाको व्यवस्था मिलाइयोस ।

रुपा विक:
राज्यले स्थानीय तहमा आधारभूत तहको अस्पताल निर्माण गर्ने भन्यो । तर निर्माण अधुरा भए । केही निर्माण भए, केही हुने क्रममा छन् । केही हुनै छन् । बनाइएर सम्पन्न भएका अस्पतालमा जनशक्ति छैनन् । जनशक्तिका लागि बजेट विनियोजन गरियोस । ज्वरो आउँदा बिरामीले सिटामोल नपाएको अवस्था छ । यस तर्फ सरकारको ध्यान जाओस ।

शान्ति विक:
लाखौ खर्च गरेर एमबीबीएस पढाएका हुन्छन् तर उनीहरु डाक्टर भएपछि पाउने सेवा सुविधा निकै कम छ । अर्को कुरा सरकारी अस्पतालमा जनताले उपचार पाउन समस्या छ । सरकारी अस्पतालको स्तरोन्नती गर्न आवश्यक छ । यस्तै जनशक्तिको आवश्यकता अनुसार उपलव्ध गराउनु पर्दछ ।

रोशन कार्की:
सरकारलेले हरेक कडा रोगमा एक लाख रुपैयाँ दिने गरेको छ । यो भएन । रोग र विरामीको अवस्था हेरेर सहयोग उपलव्ध गराइयोस ।
स्वास्थ्य बीमालाई प्रभावकारी ढंगले अघि बढाउनु पर्दछ । रोजेको अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गर्न पाउनु पर्छ । गर्भवती महिलाहरुलाई पोषणको व्यवस्था गर्नु पर्दछ ।

अच्युत मैनाली:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विनियोजन गरेको बजेट अत्यन्त कम भयो । देशभरबाट रिफर भएर आउने काठमाडौँको वीर लगायतका संघीय अस्पतालमा बिरामीहरु आउँछन् तर ती अस्पतालको अवस्था पनि दयनीय छ । वीर अस्पतालसंग प्रतिष्ठान पनि जोडिएको हो । तर वीरलाई अब स्वास्थ्य मन्त्रालय अन्तर्गत राख्नु पर्छ । त्यसो गरेमा प्रभावकारी हुन्छ । अस्पतालमा सर्वसुलभ र विशिष्टकृत सेवा दिने र गुणसतरीय सामानको अभाव छ । यस्त तर्फ पनि ध्यान दिनु जरुरी छ ।

माधव सापकोटा :
बागमतीलाई छोडेर बाँकी ६ प्रदेशमा वीर टिचिङ जस्तै डेडिकेटेड अस्पताल बनाउनु आवश्यक छ । कम्तिमा प्रादेशिक अस्पतालहरुलाई यो रुपमा विकास गर्न जरुरी छ । प्रादेशिक अस्पताललाई पनि वीर टिचिङ जस्तै अस्प्तला बनाउनु पर्छ । त्यहाँ उपचार नहुने बिरामीलाई काठमाडौँ ल्याउन परेमा एयर एम्बुलेन्सको व्यवगस्था गर्नुृपर्छ । जटिल रोगको बिरामीहरु बर्षौ सम्म लाइन बसेर पनि पालो नआउने अवस्था छ । यसलाई विधि बनाएर समाधान गर्ने काम सुरु होस ।

रञ्जुकुमारी झा :

मधेश प्रदेशमा जनल अस्पतालमा जरुरी छ । मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठानमा लैजाने कार्यलाई अघि बढाउन ध्यानाकर्षण गराउन चाहन्छु । मानव अंग प्रत्यारोपणलाई छिटो जग्गालाई विस्तार गर्ने काम गर्नु पर्छ । स्वास्थ्य बीमाको कुरा अझै गम्भीर भएर काम गरौँ । रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसपटक नै पूर्वाधार निर्माणका लागि चार पाँच अर्व बजेट विनियोजन होस ।

सञ्जय गौतम :

स्वास्थ्यमा कुल बजेटको ४.६४ प्रतिशत बजेट अत्यन्त न्युन छ । सरकारको नियत राम्रो देखिएन । नेपालगञ्ज खजुरा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थान पाएन । पश्चिम क्षेत्रको यो अस्पताललाई सुधार गर्न सकेमा धेरै जिल्लाका जनतालाई राहत हुन्थ्यो । प्रधानमन्त्रीलाई यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । बाँके बर्दिया सिकलसेल एनिमिया सम्वोधन भए पनि प्राथमिकता पाएन । नेपालगञ्जलाई सिकलसेल एनिमियाको हव बनाई उपचार गर्ने व्यवस्था मिलाऔँ ।

स्वास्थ्य बीमा देखाउने मात्रै भएको छ । यो प्रभावकारी भएन । क्यान्सर रोगको उपचारका लागि सरकारले अहिलेसम्म पेट स्क्यान ल्याउन सकेन । निजीले ल्याएको छ र न्युनतम ७२ हजार रुपैयाँ चार्ज लिन्छ । क्यान्सरको बिरामीको उपचारका लागि यो अत्यावश्यक मेसिन हो । भारतको लखनउ र दिल्लीमा २० हजारमा आइसीमा हुन्छ । यहाँ निजीमा निकै महंगो शुल्क तिर्नु परेको छ । यस तर्फ सरकारको ध्यान जाओस ।

मोहनबहादुुर बस्नेत :
स्वास्थ्यको बजेट यो पटक पनि न्युन छ । विश्व स्वास्थय संगठनले कुल बजेटको कम्तीमा १० प्रतिशत स्वास्थ्यका लागि छुट्याउन पर्छ भनेको छ । गतवर्ष म मन्त्री थिएँ, त्यसबेला यो अत्यन्तै न्युन भयो भनेर त्यसबेलाका अर्थ मन्त्रीसंग लामो छलफल गरेपछि १२ अर्व बजेट थप्न सफल भएको थिएँ । मलाई लाग्छ यो बजेटले तपाईँलाई पनि काम गर्न समस्या हुन्छ । यसमा पहल गर्नुहोला । हामीले पनि आवश्यक परेमा साथ दिने छौँ ।
अहिले अस्पतालमा व्यापक खोलिएका छन् । तर त्यो कसरी चलाउने भन्ने योजना छैन । ७५३ वटा पालिकामा, सबै वडामा उपस्वास्थ्य चौकीहरु, प्रदेशले अलि अलि दरबन्दी दिने बाहेक केही गरेको छैन ।

अहिले स्वास्थ्यमा ९२ हजार स्वास्थ्यकर्मी थप्नु पर्ने तथ्यांकले देखाएको छ । मेरो पालामा ३२ हजार थप्न पहल भएको थियो । पछि म बाहिरिए पछि त्यो सेलाएको छ । सुर्तीजन्य पदार्थमा कर बढाएर स्वास्थ्य मन्त्रालयमा बास्केट फण्डमा पैसा राखेर त्यसबाट बिरामीको उपचार गरौँ भनेर म लागेको थिएँ । अहिले पनि बढाउने भनिएको छ तर कति भन्ने थाहा छैन । जनशक्ति छैन, उपकरण पनि छैन । भवन बनाउन पैसा छैन । अहिलेको बजेटले त्यो पुरा हुन सक्दैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *