स्वास्थ्य पत्रकार मञ्च नेपालको नवौँ साधारण सभा सम्पन्न


काठमाडौँ, ३१ जेठ ।स्वास्थ्य पत्रकार मञ्च नेपालको नवौँ साधारण सभा सम्पन्न भएको छ । बुधबार राजधानीमा भएको सभालेले महासचिव सञ्चिता खनालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष तुलसा घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य दिएपछि सुरु भएको सभामा अध्यक्ष सरोज ढुंगेलले पछिल्ला एक वर्षमा गरेका काम, आगामी योजनाका बारेमा बताएका थिए ।

साधारण सभामा निर्वमान अध्यक्ष रामप्रसाद न्यौपाने, पूर्व अध्यक्ष कल्पना आचार्य, सल्लाहकारहरु भगवती तिमल्सेना, उद्धवराज भेट्वाल, जगन्नाथ ढकाल, बुद्धि कटेल लगायतले शुभकामना दिएका दिएका थिए ।

यस्तै सभाले बरिष्ठ उपाध्यक्ष भिषा काफ्लेको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यमा विटमा क्रियाशिल पत्रकारहरुको हक हित र अधिकारका लागि संगठित हुने उदेश्यका साथ विसं २०७१ सालमा स्थपित मञ्चको अहिले संघ तथा प्रदेश तहमा नेटवर्क विस्तार भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *