सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन दिएको छ।

महानगरपालिकाको स्वास्थ्य विभागले बुधबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरुलाई अनिवार्य रुपमा आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको हो।

हाल महानगर क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरुको आफ्नो स्वामित्वमा औषधि पसल सञ्चालन नगरेका महानगरपालिकाले जनाएको छ।

अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको जनाएको छ ।

‘अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि र औषधिजन्य सामग्रीहरु बिक्री भइरहेको गुनासो प्राप्त भएको छ,’ काठमाडौँ महानगरपालिकाको सूचनामा भनिएको छ, ‘अस्पतालहरुले अनिवार्य रुपमा आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ।’

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पतालहरुलाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि सूचनामा स्मरण गराएको छ।

हेर्नुहोस् सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *