लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : यस्ता छन् स्वास्थ्यका विषय
काठमाडौँ, २१ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।
सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा प्रदेशमा बालबालिका मृत्युदर, मातृ मुत्युदर, कुपोषण घटाउने, सेवाप्रवाह र गुणस्तरमा ध्यान दिने नीति सरकारले लिएको छ ।
सबैलाई सहज स्वास्थ्य सेवासहित संघीयताको सबलीकरण, प्रदेशभित्रको स्रोत साधनको परिचालन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।
जनउत्तरदायी स्वास्थ्य प्रणाली र इमानदरिता : ‘गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ सबै स्वास्थ्य सेवामा न्यूनतम सेवा मापदण्ड लागु गरी सेवाको सूनिश्चित गर्ने जनाइएको छ ।
त्यस्तै आधारभूत स्वास्थ्य सेवालाई सर्वशूलव र गुणस्तरीय बनाउन स्थानिय तहको आवश्यकताको आधारमा चिकित्सक र उपकरण उपलब्ध गराउने लगायत दुर्गमका अस्पतालमा अनिवार्य बिशेषज्ञ सेवा प्रदान गरिने जनाएको छ ।
भालुवाङ अस्पतालको सेवा विस्तार गर्ने , बाँके जिल्लामा २५ शैयाको सुबिधा सम्पन्न प्रसुति गृह अस्पताल स्थापना गरी सुरक्षित मातृत्व सेवा विस्तार गर्ने, हिमाली तथा पहाडी जिल्लामा एयर एम्बुलेन्सको ब्यबस्था गरिने भएको छ । ।
सम्पर्क इमेल : [email protected]